गोरखापत्र १ सय १३ औ वर्षमा

२०७० बैशाख २५ गते, बुधबार


काठमाडौँ, – दक्षिण एसियाकै पुरानो पत्रिकामध्ये एकको रूपमा रहेको तथा नेपाली पत्रकारिताको जेठो “गोरखापत्र” १ सय १३ औ वर्षमा प्रवेश गरेको छ । तत्कालीन राणा प्रधाममन्त्री देव शम्शेरले देश–विदेशमा भएका खबर, जनताका पीरमर्का र काइदा कानुनका कुरा लेख्नु, हाम्रा चाकरीका कुरा कहीँ नलेख्नु भन्ने आशयका सनद विसं १९५८ वैशाख ११ गते जारी गरी त्यसै वर्षको वैशाख २४ गतेबाट गोर्खापत्र साप्ताहिकरूपमा प्रकाशन आरम्भ भएको थियो । तर समयक्रमले ठूलो फटको मार्दा समेत गोरखापत्रले सरकारी मुखपत्रको रुपमा चाकडी र चाप्लसी गर्न नछाडेको र परिवर्तनको आभास अनुसार चल्न नसकेको जानकारहरु बताउछन ।

विसं १९८३ जेठ ४ गते गोर्खापत्रबाट गोरखापत्र भई विसं २०१७ फागुन ७ गतेबाट गोरखापत्र दैनिकरूपमा प्रकाशन हुँदै आएको छ भने विसं २०२० असार २५ गते गोरखापत्र संस्थानको स्थापना भएको थियो ।
गोरखापत्र प्रकाशनको ११३ औँ वर्ष प्रवेश तथा संस्थानको ५१ आँै वार्षिकोत्सका अवसरमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विसं २०६४ असोज महिनादेखि गोरखापत्र दैनिकमा नयाँ नेपालको पृष्ठअन्तर्गत २९ वटा भाषाका सामग्री प्रकाशित हुँदै आइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार