सुख्खा बन्दरगाह निर्माण सुरु

२०७० बैशाख २४ गते, मंगलवार


काठमाडौ , । बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र एवम् परिवहन स्थल (सुख्खा बन्दरगाह) निर्माण प्रक्रियाअघि बढाइएको छ । नेपाल–भारतबीच भएको सम्झौताअनुसार नौ वर्षअघि भएको सो सम्झौता अनुरूप अहिले बन्दरगाह निर्माणका लागि सो क्षेत्रमा जग्गा अधिग्रहण गरी रेखाङ्कनको काम सुरु गरिएको छ ।
बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लाको नेपालगन्ज भन्सारको पश्चिम जयसपुर र साईगाउँ क्षेत्रमा अधिग्रहण गरिएको जग्गामा बन्दरगाह निर्माणका लागि जग्गा संरक्षणका लागि एक तृतीयांश बजेट विनियोजन गरिएको छ । बन्दरगाह निर्माणसम्बन्धी बोलपत्र आह्वान प्रक्रिया पनि सुरु भइसकेको, निर्माणाधीन बन्दरगाहमा अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि क्रमशः हुँदै जाने प्रशासकीय अधिकृत बसन्तकुमार कनौजियाले बताए ।
बन्दरगाहका लागि नेपालले जग्गाको व्यवस्था गरेपछि भौतिक संरचना निर्माणको काम भारतीय पक्षले गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु