स्वरोजागर कोषमा गुरागाईको रजाई

२०७० बैशाख २१ गते, शनिबार


काठमाडौँ । सरकारले युवा तथा साना व्यवसायीलाई स्वरोजगारमा लाग्न सहयोग पुर्याउने उद्देश्यका सत्य स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला कोषका कार्यकारी प्रमुख विनोद गुरागाईको रजाई गर्ने थलोको रुपमा परिणत हुन पुगेको स्रोतले बताएको छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त विनोदकुमार गुरागाई एमाओवादीका एक नेता फेर समातेर कोषको कार्यकारी निर्देशक बन्न सफल भएको स्रोतले बताएको छ । एमाओवादीको फेर समातेर कोषको कार्यकारी निर्देशक बन्न पुगेका गरागाईले अहिले स्वरोजगार कोषलाई एमाओवादीको कार्यकर्ता पाल्ने पोस्ने अखडामा परिणत गरेको स्रोतको दावी छ । अहिले कुनैपनि सघंसाधारण नागरिकले स्वरोजगार कोषबाट कुनै सविधा र सहुलियत पाउनु आकासको फल भएको बुझिएको छ । स्वरोजगार कोषबाट प्राप्त गर्ने जुनसुकै सुविधा र सहुलियत पाउन पहिले कुनै नेताको आर्शीवाद पर्ने स्थिपति भएको कोष सम्बद्ध कर्मचारीहरु नै स्वीकार्द छन् । यसै विषयमा जिज्ञासा राख्दा नाम उल्लेख नगरी दिनु अनुरोध गर्दै कोषका एक कर्मचारी भन्छन् । स्वरोजगार कोष अहिले कुनै पार्टीीवषेश र नेता निशेषको कार्यकर्ता नै पाल्ने पोस्तो अखडाको रुपमा परियात भएका छ । हामीले लाए अघाएको काम गर्ने हो । कार्यालयको अनिममितताको बारेमा कुरा उठाए जागिरबाट नै हात धुनुपर्ने स्थिति आई लाग्ने चिन्ता छ भन्दै उनले अगाडि थपे यसभन्दा पहिले पनि यही पत्रिकामा निरन्तर यहकाभित्र भएका अनियमितता र भ्रष्टाचारको समाचारहरु प्रकाशन भइसकेको हो ।
पत्रपत्रिका र अनलाइनमा यहाँको अनियमितताको समाचार आउन थालेपछि हामी माथि निगरानी बढाइएको छ । पछिल्लो चरण कोषका कार्यकारी निर्देशक विनोदकुमार गरागाईलगायत उच्च पदसँग कर्मचारीहरु गरेका अनियमितता र भ्रष्टाचारको प्रमाण लुकाउन लागि परेका छन् । यहाँका अनियमितता र भ्रष्टाचार रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सम्बद्ध निकायले तुरुन्त छापामारी कागजात नियन्त्रणमा लिनर्ुपर्छ । अन्यथा यहाँ भएको लुट टुलुटुलु हेरेर बसिरहनुको विकल्प छैन । उनी दुखेसो पोख्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु