चालु आबको चैत सम्ममा साढे ३२ अर्ब राजस्व सङ्कलन

२०७० बैशाख १८ गते, बुधबार


काठमाडौं, । चालु आर्थिक बर्ष २०६९÷७० को चैत महिनासम्ममा कर राजस्व वापत रु २९ अर्ब ८५ करोड ७१ लाख र गैर करतर्पm दुई अर्ब ६३ करोड ८५ लाख गरी कुल रु ३२ अर्ब ४९ करोड ५६ लाख राजस्व सङ्कलन भएको छ ।राजस्व व्यवस्थापन महाशाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा गत आ.व. को यसै महिनामा २७ अर्ब ६२ करोड ४० लाख असुली भएको तुलनामा १८.५ प्रतिशतले बृद्धि गरी रु ३१ अर्ब ५६ करोड ४६ लाख असुली गर्ने गरी लक्ष्य राखिएकोमा लक्ष्य भन्दा रु ९३ करोड १० लाख असुली भएको बताइएको छ । गत आ.व.को चैत महिनामा रु ६ अर्ब ६९ करोड ५८ लाख मूल्य अभिवृद्धि कर संकलन भएको पनि जनाइएको छ ।यस वर्षको चैत महिनामा रु ७ अर्ब १४ करोड असुली भई बृद्धि दर ६.६३ प्रतिशत रहेको छ । यसैगरी भन्सार महसुलतर्पm गत आर्थिक वर्षको चैत महिनामा रु ३ अर्ब ८७ करोड ५२ लाख असुली भएकोमा चालु आ.व. को यस महिनामा रु ५ अर्ब १८ करोड ५ लाख असुली भई वृद्धिदर ३३.६८ प्रतिशत रहेको छ ।
अन्तःशुल्कतर्पm गत आ.व.को चैत महिनामा रु २ अर्ब ४५ करोड २५ लाख असुल भएकोमा चालु आ.व.को यस महिनामा रु ३ अर्ब ११ करोड ७९ लाख असुली भई बृद्धिदर २७.१३ प्रतिशत रहेको छ ।
आयकर तर्पm गत आ.व.को सोही अवधिमा रु ९ अर्ब ६ करोड ३४ लाख असुली भएकोमा चालु आ.व.को यस महिना रु ११ अर्ब ५३ करोड ६४ लाख असुली भई वृद्धिदर २७.२९ प्रतिशत रहेको छ । त्यसैगरी गत आ.व.को चैत महिनामा रजिष्ट्रेसन दस्तुर र सवारी साधन कर रु ६६ करोड ३३ लाख असुली भएकोमा चालु आ.व. को यस महिनामा रु १ अर्ब १ करोड ११ लाख असुल भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु