वैशाख १८ देखि सम्पदास्थलमा एकद्वार टिकट नीति

२०७० बैशाख ७ गते, शनिबार


काठमाडौँ । काठमाडाँै महानगरपालिकाले सम्पदा स्थल भ्रमणका लागि वैशाख १८ देखि र्सार्वजनिक निजी साझेदारी नीतिअनुरूप पर्यटक प्रवेशका लागि एकद्वार प्रणाली लागू गर्ने भएको छ । हनुमानढोका दरबार क्षेत्र, संग्रहालय र सुन्धरा-धरहरा तीनवटा सम्पदा स्थल अवलोकनका लागि यस्तो व्यवस्था गरिएको हो । महानगरले ‘साइडवाकर्सप्रालि’ सँग त्यसका लागि थप सम्झौता गरेको छ । यसअघि ‘साइडवाकर्सप्रालि’ ले धरहराको व्यवस्थापन गर्दै आएको थियो । महानगरको हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार संग्रहालय समितिसँग सहकार्यगरी एकद्वार प्रणाली लागू गरेको हो । महानगरका संगठन तथा प्रशासन विभाग प्रमुख साधुराम भट्टर्राईले एकद्वार प्रणालीअनुसार पर्यटक आकषिर्त गर्दा राजस्व वृद्धि हुने बताए । ‘साइडवार्कसँग बीस वर्षधरहराका लागि यसअघि नै सम्झौता गरेका थियौं, अब राम्रो गर्छ भने किन नदिने भनेर नयाँ सम्dmौता गरेका हौं,’ उनले भने ।
करिब १२ वर्षम्झौता बाँकी रहेको भन्दै उनले अब वाषिर्क ८० लाख रूपैयाँभन्दा बढी राजस्व आम्दानी हुने बताए । साइडवाकर्सले धरहरा क्षेत्रको मात्र ३० लाख रूपैयाँ महानगरलाई राजस्व बुझाउँदै आएको थियो । प्रशासन प्रमुख भट्टर्राईले पाँच वर्षछि राजस्व वृद्धि गर्न सम्झौता भएको बताए । भ्रमण पर्यटकको स्वेच्छिक भएको बताउँदै उनले एकद्वार प्रणाली भन्दैमा करकाप गर्न नहुने बताए । ‘ टिकट अलग-अलग हुन्छ, आकषिर्त गर्न पर््रवर्द्वन गर्र्छौं,’ उनले भने । स्थानीय सम्पदा संरक्षणमा वाषिर्क करिब पन्ध्र लाख रूपैयाँ थप हुने उनले बताए ।
साथै अक्षयकोषसमेत १० प्रतिशत रकम थप गर्नसकिने उनले बताए । ‘कम्तीमा १० लाख रूपैयाँ प्रत्येक वर्षक्षयकोषमा थपिन्छ,’ उनले भने र्।र् इ-विलिङ प्रणालीअनुसार प्रत्येक काउन्टरले पर्यटकलाई टिकट उपलब्ध गराउनेछ । पर्यटकको सहज पहँुच भएको छ कि छैन निरीक्षण अनुगमनका लागि कम्प्युटर सञ्जाल, फिगर प्रिन्ट, बेवक्यामलगायत सम्पर्ूण्ा सुविधा उपलब्ध गराइनेछ । हनुमानढोका-सुन्धारा आउने पर्यटक पैदल रुटका लागि सडक पेटी मर्मत, बत्ती सरसफाइ, सीसीटीभी, पर्यटक प्रहरी, भीमसेन थापाको सालिक, संग्रहालय पनि निर्माण गरिने सम्झौतामा उल्लेख छ । धरहरा क्षेत्रमा पर्यटक सूचना केन्द्रसमेत स्थापना गरिने उनले बताए ।र्
पर्यटक वृद्धिलाई मध्यनजर गर्दै सुविधाजनक शौचालयको पनि व्यवस्था गरिनेछ । महानगरको स्वीकृतिअनुसार पर्यटकलाई समय-समयमा विभिन्न वेशभूषा, संस्कृति, परम्पराबारे कार्यक्रम पनि प्रस्तुत गरिनेछ । धरहरा चढ्ने पर्यटकलाई २ सय ५० र अवलोकन भ्रमण गरी र्फकने भए २ सय रूपैयाँ शुल्कको व्यवस्था गरेको छ । यदि हनुमानढोका, धरहरा र संग्रहालय अवलोकन तथा भ्रमण गर्न विदेशी पर्यटकको इच्छा भए एकमुष्ट १ हजार रूपैयाँ लिने सम्झौता गरिएको छ । यसअघि हनुमानढोका अवलोकनका लागि महानगरले विदेशी पर्यटकबाट पाँच सय रूपैयाँ र दरबार संग्रहालय समितिले संग्रहालय अवलोकनका लागि २ सय ५० रूपैयाँ शुल्क लिंदै आएका थिए । साइडवाकर्सले यसअघि धरहरा क्षेत्रबाट मात्र विदेशी पर्यटकबाट धरहरा चढेबापत तीन सय रूपैयाँ शुल्क लिंदै आएको थियो । साइडवाकर्सप्रालिका अध्यक्ष सिद्धबहादुर गुरुङले सम्झौताअनुसार पर्यटकलाई सुविधा दिने बताए ।
यसैबिच, काठमाडाँै महानगरपालिकाले पर्यटकीय गन्तब्यस्थल बसन्तपुर दरबारमार्ग पुग्ने पर्यटकलाई अनिवार्य धरहरा जानुपर्ने बाध्यकारी व्यवस्था गरेपछि वसन्तपुर क्षेत्रका पर्यटन व्यवसायीहरूले विरोध गरेका छन् । उनीहरूले उक्त बाध्यताकारी नियम खारेजीको माग गर्दै विहिबार वसन्तपुर क्षेत्रमा विरोध पर््रदशन गरेका छन् । महानगरपालिकाले ठेकेदार कम्पनी साइड वाकर्सप्रालिको प्रलोभनमा वसन्तपुर संरक्षण क्षेत्र पुगेका पर्यटकलाई अनिवार्य धरहरा पुर्याउने व्यवस्था गरेको व्यवसायीले आरोप लगाएका छन् ।
वसन्तपुर संरक्षण क्षेत्र पुगेका पर्यटकले धरहरा अवलोकन गर्दा लाग्ने दर्ुइ सय पचास रूपैया समेत वसन्तपुरमा नै बुझाउनु पर्ने नियम लागु भएपछि व्यवासायीहरू आक्रोशित भएका हुन् । महानगरपालिकाले गरेको उक्त निर्ण्र्ाा पर्यटन क्षेत्रको हितमा नभई निजी कम्पनी साइड वाकर्सलाई मात्र फाइदा हुनेगरी भएको भन्दै व्यवसायी विरोधमा उत्रिएका हुन । संर्घष्ासमितीका संयोजक श्याम मानन्धरले उक्त व्यवस्थाले पर्यटकहरूलाई समस्या हुने भन्दै नयाँ नियम खारेज हुनुपर्ने माग गर्नुभयो । साइड वाकर्सप्रालिले महानगरपालिकासँग २० बर्षा लागी काठमाडौंको सुन्धारास्थित भिमसेन स्तम्भ -धरहरा) क्षेत्र भाडामा लिएर संचालन गर्दै आएको छ । वसन्तपुर क्षेत्रमा बाषिर्क करिब डेढ लाख पर्यटक घुम्न जाने गरेका छन् । ती पर्यटकलाई धरहरा चढ्न बाध्य पारिनुले पर्यटकलाई समेत सास्ती हुने व्यवसायीको भनाई छ । महानगरपािलकाले साइड वाकर्ससँग कमिशनको लोभमा यस्तो निर्ण्र्ाा गरेको व्यवसायीको आरोप छ । तत्काल निर्ण्र्ााफिर्ता नलिइएमा पथपर््रदर्शकहरूले पर्यटकलाई वसन्तपुर नपुर्याउने चेतावनी समेत दिएका छन् । हनुमान ढोका दरबार संग्रालयमा घुम्ने पर्यटकसँग संग्रालय विकास समितिले प्रतिव्यक्ति सात सय पचास रूपैयाँ लिने गरको छ । उक्त रकममा नै धरहराको लागि भन्दै थप दर्ुइ सय पचास रूपैयाँ थपेर एक हजार रूपैयाँ शुल्क तोकिएको छ । धरहरा संचालनको जिम्मा लिएको कम्पनीले महानगरपालिकालाई मासिक दुइ लाख पचास हजार रूपैयाँ बुझाउँदै आएको छ । धरहरा चढ्नका लागि हाल आन्तरिक पर्यटकका लागि पचास र विदेशीका लागि तीन सय रूपैयाँ कम्पनीले तोकेको छ ।

प्रतिक्रियाहरु