कुलेखानी जलविद्युत्मा आगलागी, करोडौँको क्षति

२०७० बैशाख ४ गते, बुधबार

हेटौँडा, वैशाख ४ – जिल्लाको भैसे गाविस–१ स्थित कुलेखानी जलविद्युत् दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत टासफर्मरमा गए राति आगलागी हुँदा करिब रु २५ करोडौँ मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ ।

गए राति ११:४५ बजे सो टासफर्मरमा भएको आगलागीबाट सो मूल्यबराबरको नोक्सान भएको आयोजना प्रमुख कृष्णप्रसाद यादवले जानकारी दिए ।

सो आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत् उत्पादन हिजो रातिबाटै अवरुद्ध भएको आयोजनाका प्रशासकीय अधिकृत शारदाविक्रम मल्लले बताए ।

सो आयोजनाबाट उत्पादित बिजुली जलेको टासफर्मरबाट काठमाडौँको केन्द्रीय विद्युत् ग्रीकमा जोडिने गरेको छ ।

नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौँडाका दमकलले करिब दुई घण्टापछि सो आगो नियन्त्रणमा लिएको थियो । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार