डाक्टरविहिन स्वास्थ्यकेन्द्र

२०६९ चैत्र ३१ गते, शनिबार


काठमाडौँ । कैलाली जिल्लामा रहेका पाँचवटै स्वास्थ्यकेन्द्र बिगत छ महिनादेखि डाक्टर बिहिन रहेका छन् । स्वास्थ्यकेन्द्रमा लामो समयदेखि डाक्टर नहुंदा जनस्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । कैलालीमा रहेका चौमला, उदासीपुर, जोशीपुर, भजनी र मालाखेती लगायतका सवैजसो स्वास्थ्यकेन्द्र लामो समयदेखि डाक्टरबिहिन अबस्थामा रहेका छन् । चौमला, मालाखेती र भजनी स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अध्ययन विदामा गएपछि र उदासीपुर, जोशीपुरमा स्वास्थ्यकेन्द्र स्थापनाकाल देखिनै स्वीकृत दरबन्दीमा डाक्टर नआएकाले ग्रामिण भेगका स्वास्थ्यकेन्द्रहरू डाक्टर बिहिन अबस्थामा रहेका जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले बताएको छ । चौमला बाहेक अन्य प्राथमिक स्वास्थ्यकेन्द्रमा नर्सको दरबन्दी पनि खाली रहेको छ । जिल्लाका उपस्वास्थ्य चौकीवाट अपग्रेड स्वास्थ्य संस्थामा समेत दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका सहायक कृष्ण गौतमले पहाडी गाविसका स्वास्थ्य संस्थाहरू अनमीका भरमा सञ्चालन हुँदै आएको बताएका छन् ।
ग्रामिणक्षेत्रका जनतालाई र्सवुलभ सरकारी स्वास्थ्यसेवा दिने उद्देश्यले स्थापित स्वास्थ्यकेन्द्रहरू चिकित्सकविहिन भएपछि स्थानीय जनस्वस्थ्य प्रभावित हुनुका साथै उपचरका लागि बिरमीहरू महंगो शुल्क तिरेर निजी अस्पतालमा धाउन बाध्य भएका छन् । हेल्थपोष्ट भन्दा बढी सुविधाजनक र जिल्ला अस्पताल पछिको सुविधा दिएर सरकारले प्रत्येक स्वास्थ्यकेन्द्रमा एक-एक डाक्टरको दरबन्दी तोकेको भएपनि र्सवसाधारणले सेवा नपाएको र स्वास्थ्यकेन्द्रमा चिकित्सक नहँुदाको प्रत्यक्ष असर बिरामीमा पर्नगएको स्थानीय महिला स्वास्थ्य स्वयंसेवी गोमा गौतमले बताए ।
यहाँका स्वास्थ्यकेन्द्रमा पर्याप्त डाक्टर तथा स्वास्थ्यकर्मीको दरबन्दी तथ्याङकमा भएपनि चिकित्सकहरू विभिन्न समस्या देखाउँदै कार्यक्षेत्रमा नबस्ने पाइएको बताउदै स्वास्थ्यका लागि मानव संशाधन सन्जालका कैलाली संयोजक बीरवहादुर जेठाराले औषधी उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्ने अबस्था नआओस भनेर सबै स्वास्थ्यकेन्द्रमा सरकारले दरबन्दी अनुसार स्वास्थ्यकर्मी र आबश्यक औषधी उपलब्ध गराउनुपर्ने बताएका छन् । राज्यले नीति मात्र बनाएर नहुने भन्दै कार्यान्वयन गर्न तत्परता देखाउनु पर्नेमा जोड दिएका छन् ।
यहाँका स्वास्थ्यकेन्द्र, अस्पतालमा दरबन्दी अनुसार चिकित्सक पठाउन पटक पटक स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयमा आग्रह गरेको भएपनि कुनै सुनवाई नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जयवहादुर कार्कीले बताउदै स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको स्वास्थ्य ऐन राष्ट्रपतिबाट पारित भए चाँडै स्वास्थ्यकेन्द्रमा डाक्टरको दरबन्दी पुरा हुनसक्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु