दमन भए जनसत्ता ब्युँतन्छ: बिप्लब

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौं । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘बिप्लब’ले गोरखाको पत्रकार सम्मेलनमा माओवादीमाथि दमन भए जनसत्ता ब्युँताएर बन्दुक उठाउने चेतावनी दिएको छन । सचिव ‘बिप्लब’ले आफ्नो पार्टीलाई बेवास्ता गरेर निर्वाचन गराउन खोजे जनसत्ता व्युँताएर दुईवटा सत्ता बनाउने दाबी गरे । उनले माओवादी हारेर शान्ति प्रकृयामा आएको ठान्नेहरूलाई लडेर देखाउने दाबीसमेत गरे । दलहरूबीच राष्ट्रिय सहमति भए संविधानसभा नभए पनि संविधान निर्माण गर्न सकिने ‘बिप्लब’को भनाइ छ । उनले राज्य सत्ताको कुनै पनि क्षेत्रमा आफ्नो पार्टीको पनि समान प्रतिनिधित्व हुनुपर्ने बताए । राज्य सत्तामा माओवादीले भाग नपाए निर्वाचन हुन नदिने ‘बिप्लब’को दाबी छ । १२ बुँदे समझदारीको जगमा संसदवादी पार्टीहरू र नेकपा माओवादीबीच सहमति भए मुलुकले निकासा पाउने ‘बिप्लब’को भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु