भण्डारखाल ढुकुटीमा सुन चाँदीका गरगहना

२०६९ चैत्र २५ गते, आईतवार

काठमाडौँ । विश्व सम्पदा सूचीमा रहेको पुरातात्विक महत्वको हनुमानढोकामा रहेको भण्डारखाल ढुकुटीमा ठूलो मात्रामा सुन चाँदीका गरगहना भेटिएको छ । देशकै मूल ढुकुटी मानिएको सो ढुकुटी बिहीबार झण्डै १ सय वर्षछि खोलिएको हो । ढुकुटी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित २३ सदस्यीय समिति गठन गरिएको थियो । ढुकुटीमा १५ वटा ठूला र अरु ७ ओटा साना बाकसमा सुन र चाँदीका गरगहना भेटिएको हो । सुन चाँदीका गरगहनाको मूल्यांकन भने गर्न बाँकी छ । सयौं वर्षपुरानो मानिएको यो ढुकुटी मक्किएर ढल्न थालेपछि क्षमापूजा गरेर खोलिएको हो ।
हनुमानढोका दरबार परिसरमा झाडीभित्र रहेको पुरानो घरभित्रको ढुकुटी खोल्न दिनभरजसो लागेको थियो । पहिलो ढुकुटी खाली रहेको र दोस्रोमा भने फलाम तथा काठका प्रशस्त बाकस भेटिएको छ । निकै पुरानो र जर्ण्ा रहेको ढुकुटी खोल्न घण्टौं समय लागेको थियो । मूलढोका र भित्रका गरी १५ ओटा पुरानो ताला तोडेर ढुकुटी खोलिएको हो । ढुकुटी भित्रका बाकसमा मल्लकालदेखिका पुराना र ऐतिहासिक धनमाल रहेको अनुमान छ । कहिल्यै नखोलेको भनिएको ढुकुटी २०१५ सालमा खोलेर ७५ लाख भारतीय रूपैंया सटही गरिएको थियो । ढुकुटीमा देवी-देवताको नाममा रहेका अनगिन्ती गहना र अथाह सम्पत्ति हुन सक्ने अनुमान छ । ढुकुटी खोल्दा राजनीतिक दल, नेपाली सेना, पुरातत्व विभाग, हनुमानढोका दरबार संग्रहालयका प्रमुख, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, नेपाल सुनचाँदी व्यवसायी संघ, गुठी संस्थान, कौशीतोषखाना, अर्थमन्त्रालय, तलेजुका मूल पुजारी, नेपाल राष्ट्र बैंक, रक्षा मन्त्रालयका प्रतिनिधि, हनुमानढोका विकास समितिका प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यमको उपस्थिति थियो ।
त्यहाँ भेटिएका सम्पर्ूण्ागहनालगायत सामग्रीको व्यवस्थापन र सुरक्षाको जिम्मा हनुमानढोका सुरक्षार्थ खटिएको शार्दलजंग गुल्मले लिएको छ । यो ढुकुटी मल्लकालका राजाहरूको पालाको भएको अनुमान छ । यहाँ पृथ्वीनारायण शाहको पालादेखिको सम्पत्ति रहेको विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार