सिंहदरवार घेराऊ कार्यक्रम सम्पन्न

२०६९ चैत्र २० गते, मंगलवार


काठमाडौ, नेकपा–माओवादीसहितका ३३ दलले बिहान ९ बजे देखि सुरु गरेको सिंहदरवार घेराऊ कार्यक्रम सम्पन्न भएको छ । माओवादीसहितका ३३ दलले भद्रकाली, कालिकास्थान, बबरमहल, हनुमानस्थान, थापाथली, बबरमहल, पद्मोदय मोडलगायतका स्थानमा कार्यकर्ता परिचालित गरी सिंहदरवार घेरेका थिए । ४ दलले गरेको ११ बुँदे सहमति र अन्तरिम संविधानका २५ वटा धारामा गरिएको संसोधनप्रति असहमति जनाउँदै आएका साना दलहरुले विरोधस्वरुप सिंहदरवार घेरेको नेकपा–माओवादीले जानकारी दिएको छ ।११ बुँदे सहमतिको खारेज र अन्तरिम संविधानका सच्याइएका २५ धारालाई फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने माओवादीसहितका ३३ दलको भनाइ छ । आफूहरुको असहमति कायमै रहँदासम्ममा संविधानसभाको प्रयोजनको लागि सुरु गरिएको मतदाता नामावली सङ्कलन रोक्न आग्रहगर्दै उनीहरुले हिजो निर्वाचन आयेगका पदाधिकारीसँग छलफल गरेका थिए ।

प्रतिक्रियाहरु