निर्वाचन टोलीलाई लखेटियो

२०६९ चैत्र १९ गते, सोमबार


काठमाण्डौ – चैत्त १७ गते स्यामपाटीमा निर्वाचन टोलीलाई अवरोध गर्दा समातिएका आफ्ना कार्यकर्ता दिप लामाको रिहाई नगरिएको भन्दै नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली संकलनका लागि काभ्रेको पोखरीचौरी गाविस पुगेको निर्वाचन कार्यालयको टोलीलाई सोमबार बिहान काम गर्न नदिई लखटेका छन । निर्वाचन टोलीका कर्मचारी काम गर्न नपाई गाउँ छाड्नु परेको छ ।माओवादी काभ्रेका पार्टी सेक्रेटरी दिपक देवकोटाले नेकपा-माओवादीले निर्वाचन टोलीलाई काम गर्न नदिई लखेटेको हो , निर्वाचन टोलीलाई अवरोध पुर्यााउने आफूहरुको राजनीतिक कार्यक्रम भएको बताए ।

प्रतिक्रियाहरु