सरकार र चार दलले बोलाएको वार्तामा जाँदैनौं:किरण

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । अखिल क्रान्तिकारी सुकुम्बासी संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाौटन गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सरकार र चार दलले बोलाएको वार्तामा सहभागी नहुने बताएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचनको विरोध गर्ने दलहरुलाई सहमतिमा ल्याउन गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।किरणले ३३ दललाई सहभागी नगराई गरेको सहमति खारेज गरेर दलको नेतृत्वमा सरकार बन्नु पर्ने उनले अडान दोहोर्याुए । ‘चार दलले सिण्डिकेट गरेर सहमतमा गरेको निर्णय जबसम्म खारेजी हुँदैन, तबसम्म बार्तामा सहभागी हुँदैनौं,’ उनले भने, ‘सबै दलसँगै बसेर सहमति गर्ने हो भने सोच्न सकिन्छ ।’ वार्ता र छलफलमा बस्नका लागि चार दल र सरकारबीचको ११ बुँदे सहमती, बाधा अड्काउ फुकाउ प्रस्ताव, प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णय खारेज गरेमात्र वार्तामा बस्ने अडान राखे । ‘यी सबै निर्णय खारेज गरेर सवै दल बसेर दलहरु भित्रैबाट नयाँ सरकार गठन गरि जनताको पक्षमा संविधान बनाउने निश्चित भएमात्र चुनावमा जान्छौं, ‘उनले भने, ‘अन्यथा २५ गतेसम्मको आन्दोलनको कार्यक्रम सकिए लगत्तै अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्छौं ।’
अन्तरिम चुनावी सरकारले गराउने निर्वाचनमा पनि आफ्नो पार्टी सहभागी नहुने उनले बताए । ‘अहिले चुनावको नौटंकी रचिएको छ, चार दलको सिण्डिकेटले १० वर्ष क्रान्ति गरेर आएको पार्टी सहित ३३ पार्टीलाई निषेध गरिएको छ,’ उनले भने, ‘अन्तरिम संविधानको गलत ढंगले संशोधन गरेर चैत १ गते चारदलीय सहमतिको नाममा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर नेपालको इतिहासमा अर्को ‘कू’ गरिएको छ, यो चारदलीय प्रतिगमन हो, यो खारेज नभएसम्म वार्तामा जानुको कुनै अर्थ रहन्न ।’चुनाव बिथोल्न नयाँ संघर्षको कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । ‘जसरी पनि निर्णय खारेज गराउछौं,’ उनले भने । एनेकपा माओवादीलाई नवसंशोधावादी एवं पुरानो राज्यसत्ताको संरक्षक भएको उनले बताए । लोकतन्त्रको नाम जपेर जनतालाई धोका दिने बाबुराम भट्टराई नेतृत्व सरकार पुरानै सत्ताको नयाँ रुप भएका उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु