हजार प्रहरीमाथि कारवाही

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । नेपाल प्रहरीले केही समयदेखि गैरव्यवसायिक एवं अमर्यादित गतिविधिमा संलग्न भएको पाइएका प्रहरी कर्मचारीलाई कसुरको मात्रा हेरी प्रहरी ऐन र नियमावलीअनुसार आवश्यक विभागीय कारबाही गरेको छ । उक्त कारबाहीअर्न्तर्गत गत भदौ २९ देखि हालसम्म प्रहरी प्रधान कार्यालय तथा मातहत कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुइ, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १६, प्रहरी नायब निरीक्षक ४५, प्रहरी सहायक निरीक्षक ६४, प्रहरी हवल्दार एक सय ७४, प्रहरी जवान छ सय ९९ र प्रहरी परिचर १६ जनालाई विभागीय कारबाही गरिएको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ । कसुरका आधारमा सख्त चेतावनी १०, नसिहत पाँच सय ५४, पदोन्नति रोक्का ६९, ग्रेड रोक्का ११, ग्रेड घटुवा छ, तल्लो पदमा घटुवा १२, नोकरीबाट हटाइएको एक सय ४७, नोकरीबाट बर्खास्त १४, सुरु स्केलमा घटुवा ७० र निलम्बन एक सय २७ छन् । साथै हालै अख्तियार गरेको एक वर्षकार्ययोजनाको सूचीअर्न्तर्गत शून्य सहनशीलताको नीतिलाई कडाइका साथ अवलम्बन गर्ने सम्बन्धमा स्वच्छ, पारदर्शी एवं मर्यादित रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नसमेत प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार