भिख मागेर एक लाख चन्दा

२०६९ चैत्र १७ गते, शनिबार


काठमाडौँ । ‘मन भएपछि धनको केही चिन्ता हँुदैन’ । भन्ने उखानलाई चरितार्थ गर्दै सडकमा मागेर बस्ने एक ८५ वषीय भिखारी महिलाले एक लाख रूपैयाँ दान गरेकी छिन । भारतको पूणेदेखि ७५ किलोमिटर टाढाको पीपल गाउँमा मागेर बस्ने लक्ष्मी पोखरकर नाम गरेकी महिलाले मन्दिर बनाउने कार्यका लागी एक लाख रूपैयाँ दान गरेकी छिन । हुन् १५ बर्षघि पतिको निधन भएपछि आर्थिक दुराअवस्थाकै कारण सडकमा भीख माग्न थालेकी लक्ष्मीले दैनिक खर्चबाट जोगिएको रकम जुटाएर मन्दिरको निर्माणलाई दान दिएकी हुन् । सडकमा भीख मागेर बस्ने लक्ष्मीले मन्दिरका लागी एक लाख दान दिएको खबर पत्रपत्रिका छापिएपछि भारतभर उनको चर्चा भएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु