माओवादीसँग वार्ता गर्न समिति

२०६९ चैत्र १६ गते, शुक्रबार


काठमाडौं । अन्तरिम चुनाबी मन्त्रिपरिषदले नेकपा – माओवादीलगायतका दलसँग वार्ता गर्ने निर्णय गरेको छ । शुत्रबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ताका लागि गृहमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिक रहेको वार्ता समिति गठन गरेको छ ।मन्त्रिपरिषद् बैठकले आन्दोलनरत् कर्मचारी संगठनहरुले राखेका जायज मागहरु पूरा गर्ने जनाउँदै उनीहरुलाई समेत वार्तामा आउन आग्रह गरेको छ ।निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली संकलन अभियानमा भौतिक अवरोध सिर्जना गरेपछि सरकारले माओवादीसँग वार्ता गर्ने निर्णय गरेको हो । यसअघि गृहमन्त्रालयले मतदाता नामावली संकलनमा अवरोध पुर्यावउनेलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने बताएको थियो ।

प्रतिक्रियाहरु