मुख्यसचिव पौडेलले प्राधिकरण छाडे

२०६९ चैत्र १६ गते, शुक्रबार


काठमाण्डौ । मन्त्रिपरिषदको बैठकले मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गरेको छ । त्यसैगरी बैठकले शसस्त्र प्रहरीका ५ डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । बैठकले यसअघि बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापन समेत गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठकले नेपाली सेनाका ९ जना महासेनानीलाई सहायक रथीमा र २ जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । त्यस्तै ६ जना महासेनानीको सरुवा गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु