पट्याएर बोक्न मिल्ने स्कुटर

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । हरूंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ । मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुादाउन सकिन्छ । जम्माजम्मी तौल २५ किलो रहेको यो स्कुटरको ब्याट्री एक पटक पूरा चार्ज गरेपछि २२ माइलसम्म गुड्छ । जबकि ब्याट्री फूल चार्ज हन जम्मा एक घण्टा मात्र लाग्छ । यो स्कुटर बीच भागबाट पट्याएर ठ्याक्कै शुटकेस जस्तो बनाउन सकिन्छ अनि मज्जाले घर वा अफिस भित्र लग्न सकिन्छ । पट्याउादा धूलोमैलो लाग्ने पाङ्ग्रालगायतका भागहरूरू पूरै बाहिरूरी खोलभित्र पर्ने भएकाले यसको बाहिरूरी सुनौलो रङ मात्र देखिन्छ र झ्वाट्ट हेर्दा त्यो स्कुटर हरूो भन्न पनि गाहरू्रो पर्छ । अर्को वर्षको सुरुबाट यो मोड्न मिल्ने स्कुटर बजारमा पठाउने लक्ष्य कम्पनीको रहको छ । यसको मूल्य युरोपेली बजारमा दुई हजार पाउण्ड तोकिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु