२५ गते नेपाल बन्द

२०६९ चैत्र ११ गते, आईतवार


काठमाडौं । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको नेकपा-माओवादीसहितका ३३ दलले नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । वर्तमान सरकार खारेजी र दलहरुकै नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने मागसहित ती दलले आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् ।३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको आन्दोलनको घोषणा गरेको हो ।घोषित कार्यक्रम अनुसार १५ गते मुख्य शहरहरुमा कोणसभा गर्ने, १६, १७ र १८ गते भित्ते लेखन तथा प्रचार प्रसार, १९ गते, ठूला शहरहरुमा विरोध सभा गर्ने र २० गते विहान ९ देखि ११ बजे काठमाडौंमा सिहदरवार र जिल्लामा प्रशासन कार्यालय घेराउ गर्ने छ ।यस्तै २१ गते कालोझण्डासहित मोटरसाइकल र्या ली जिकाल्ने, २२ गते कोणसभा र २५ गते नेपाल बन्द गर्ने ३३ दलले घोषणा गरेका छन् ।

प्रतिक्रियाहरु