चैत १ गते मुलुकमा ‘कु’ भयो: गुरुङ

२०६९ चैत्र १० गते, शनिबार


काठमाडौं । नेकपा-माओवादीका सचिव देव गुरुङले २५ बुँदे बाँधा अडकाउ फुकाउको नाममा चैत १ गते मुलुकमा कु भएको दावी गरेका छन ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले २५ बुँदे नसच्याएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले भने-२५ बुँदे बाँधा अडकाउ फुकाउ खारेज नगरेसम्म निकासको संबैधानिका बाटो खुल्दैन । त्यस्तो अवस्था गरिने निर्वाचन पनि बैध हुँदैन ।’
चार दलले जवरजस्ती निर्वाचन गर्न खोजे तत्कालिन राजा ज्ञानेन्द्र गराएको निर्वाचनमा कुनै फरक नहुने भन्दै उनले त्यसविरुद्ध आन्दोलन गर्ने बताए । गुरुङले भने -’चार दलले गरेको सहमतिले संबैधानिकता पाउन सक्दैन । संविधान मिचिएर गरिएको काम निरकुंश हो । त्यसैले २५ बुँदे खारेज नभएसम्म मुलुकले निकास पाउँदैन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु