कांग्रेस, एमालेसँगै प्रचण्डको पनि खुट्टा भाँचिन्छ : किरण

२०६९ चैत्र ६ गते, मंगलवार


काठमाण्डौं ।अखिल नेपाल जनसांकृतिक महासंघले काभ्रेमा आयोजना गरेको १४ औं सांस्कृतिक प्रतिरोध दिवसमा बोल्दै नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरण ले वर्तमान अवस्थामै निर्वाचनमा गए सबै दलका नेता तथा कार्यकर्ताहरुको खुट्टा भाँचिदिने चेतावनी दिएका छन् ।उनले भने, ‘संविधान सभा ध्वस्त बनाएर नयाँ नाटक गरिँदै छ । वर्तमान अवस्थामै निर्वाचनमा गए खुट्टा मात्रै भाँच्ने होइन गाउँ आए मोसो दलेर लखेटने छौं ।, ‘चार पार्टीले घोषणा गरेको चुनाववको औचित्य छैन,’ किरणले भने, ‘यो चार पार्टीकोमात्र देश होइन, जनयुद्धमा गएको ठूलो शक्ति बाहिर छ, यस्तो स्थितिमा चुनाव भए कांग्रेस एमालेसँगै प्रचण्डको पनि खुट्टा भाँचिन्छ ।’
किरण ले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन ‘भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादी शक्ति’ले चलखेल गरेको बताए । एमाओवादी अध्यक्ष दाहालले प्रधानन्यायाधीश स्वीकारेर देशलाई फासिवादतिर लगेको उनको आरोप छ ।दाहाललाई राजाको स्तरमा लगेकाले देश र जनताका लागि उनले ठूलो गद्दारी गरेको उनले बताए ।
किरण ले चुनवाङ बैठकपछि दाहाल बाबुराम भट्टराईको पथमा विलिन भएको आरोप लगाए । उनले जनताको अधिकारका लागि जनआन्दोलन गर्ने, जनआन्दोलन दबाए बन्दूक उठ्ने चेतावनी दिए । तर अब हुने आन्दोलन जनयुद्धजस्तो नहुने उनको भनाइ थियो ।प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएपछि संसदीय व्यवस्था ध्वस्त भएको किरण को धारणा थियो ।

प्रतिक्रियाहरु