राष्ट्रपति र खिलराजको पुत्ला जलाईयो

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौं । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको विरोधमा आन्दोलनरत नेकपा-माओवादीसहितका दलहरुले राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पुत्ला जलाएका छन् ।आन्दोलनरत दलहरुले रत्नपार्कको शान्तिबाटिकामा कोणसभा गरी राष्ट्रपति अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको पुत्ला जलाएका हुन् ।प्रर्दशर्नकारीलाई प्रहरीले रोक्न खोज्दा केहीबेर धकेलाधकेल भएको थियो । त्यसक्रममा केही बेर आन्दोलनकारी र प्रहरीबीच पुत्ला खोसाखोस भएको थियो ।

प्रतिक्रियाहरु