गुगलले ल्यायो कुरा गर्ने जुत्ता

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चश्माको आविस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रविधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ । गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुस्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ । गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जोकोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाइस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा-हिँड्दै एक्कासि रोकिनुभयो भने जुत्ताले तपाईंलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको -‘ कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी गर्नेछ । खेल्दै गर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन् । गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो । नयाँ आविस्कारलाई र्सार्वजनिक गरिए पनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको व्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आविस्कारलाई मात्र प्रदर्शन गर्न खोजिएको बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार