एमभिडिडिएसमार्फ् टेलिभिजन प्रसारण हुने

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । मेगा ब्रोडकास्ट प्रालिले मल्टिपल भिडियो एन्ड डाटा डिस्टि्रब्युसन सिस्टम -एमभिडिडिएस) मार्फ् टेलिभिजन प्रसारण सुरु गर्नुभएको छ । कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी तीन महिनाभित्र परीक्षण प्रसारण गर्ने जानकारी दिएको छ । ‘परीक्षण प्रसारण सुरु गरेको एक महिनाभित्र व्यावसायिक प्रसारण सुरु गर्ने लक्ष्य छ,’ कम्पनीका प्रबन्ध निर्देशक एमके पौडेलले भने, ‘अहिले हामी पर्ूवाधार विकासको तयारीमा छौँ ।’ उनले पर्ूवाधार विकासका लागि अमेरिका र क्यानडाबाट उपकरण आयात थालिसकेको जानकारी दिए । मेगा ब्रोडकास्ट प्रालि एमभिडिडिएस प्रविधिमा टिभी प्रसारण अनुमति पाएको पहिलो कम्पनी हो । यो प्रविधि सुरु भएपछि अहिले केबल सञ्जाल र स्याटलाइट प्रसारण प्रणाली डाइरेक्ट टु होम -डिटिएच) मार्फ् टेलिभिजन हेरिरहेका उपभोक्ताले नयाँ प्रविधिबाट टिभी हर्ेन पाउँने छन् । कम्पनीले एमभिडिडिएस प्रविधिमा आधारित मल्टिच्यानल मल्टिज्वाइन्ट डिस्टि्रब्युसन र्सर्भिस -एमएमडिएस) सेवा सुरु गर्न लागेको उनले जानकारी दिए । मेगाले ‘माई टिभी’ ब्रान्डमा यो सेवा सुरु गर्नेछ । रेडियो तरङ्गलाई एन्टेनामार्फ् टिभीसम्म पुर्याउन मिल्ने एमभिभिडिएस प्रविधिमा कम्पनीले टिभीसँगै इन्टरनेटको सेवा पनि दिने पौडेलले जानकारी दिए । ‘हामीले दिने इन्टरनेट सेवा तीव्र गतिको हुनेछ,’ पौडेलले भने, ‘हामीले एक गिगाबाइट प्रतिसेकेन्डको गतिमा इन्टरनेट दिने तयारी गरेका छौँ ।’ यो प्रविधिमा तार र स्याटलाइटको प्रयोगबिना उपभोक्ताको घरमा रहेको टेलिभिजनमा रेडियो तरङ्ग पुर्याइन्छ । टेरेस्टियल प्रविधिको के-यु ब्यान्डमा आधारित यो प्रविधि सञ्चालन गर्न एक महिनाअघि कम्पनीले सञ्चार मन्त्रालयबाट अनुमति पाएको हो । कम्पनीले १ सय वटा च्यानल चलाउने गरी अनुमति पाएको हो । कम्पनीले नेपालभर सेवा विस्तार गर्न पाउने गरी अनुमति लिएको छ । पौडेलका अनुसार हाल नेपालमा प्रचलनमा रहेका च्यानलबाहेक हाई डेफिनेसन -एचडी) च्यानलहरु थपेर १ सयवटा चलाइनेछ । कम्पनीले अरु सेवामा एचडी गुणस्तरको टिभी प्रसारण नभए पनि यो प्रविधिबाट सम्भव हुने दाबी गरेको छ । कम्पनीले के-यु ब्यान्डको १०.४ देखि १२.२ गिगाहर्जसम्म प्रिmक्वेन्सी उपयोग गर्ने अनुमति पाएको हो । २ सय मेगाहर्जको प्रिmक्वेन्सी प्रयोग गर्न यो कम्पनीसँग मन्त्रालयले प्रसारण नियमावली अनुसार १२ लाख शुल्क लिएको छ । ‘यो नेपाल सुहाउँदो प्रविधि हो,’ पौडेलले भने, ‘यसमा स्याटलाइट शुल्क तिर्नु नपर्ने भएकाले बर्सर्ेे विदेशिने रकम पनि जोगिने छ ।’ पर्यटन, हाउजिङलगायत विभिन्न व्यवसायमा लागेको व्यवसायीको समूहको संयुक्त लगानीमा स्थापना भएको यो कम्पनीले सेवा विस्तार गर्न कुल लगानी ९५ करोडको गर्नेछ । कम्पनी सुरुमा राजधानीबाट सेवा सञ्चालनको तयारी गरेको छ । पछि सेवा विस्तार गरेर मुलुकभर विस्तार गर्ने योजना कम्पनीको छ । एमभिडिएस प्रविधिमा सेवा सञ्ञ्चालनका लागि कम्पनीले विभिन्न ठाउँमा टेलिफोन सेवा प्रदायकले जस्तै टावर स्थापना गर्नुपर्छ यस्ता टावरमार्फ् फालिने सिंग्नल समात्न घरको छानामा छाताजस्तो एन्टेना राखिन्छ । यस्तो एन्टेनादेखि टिभीसम्म तार जोडेर विभिन्न च्यानल हर्ेन सकिन्छ । यो प्रविधिमा टिभीसँगै इन्टरनेट पनि प्रयोग गर्न मिल्छ । डिटिएचको सेटअप बक्सजस्तै यसको एन्टेनासहितको प्याकेजको मूल्य डिटिएचको भन्दा कम हुने कम्पनीले जनाएको छ । यसैगरी मासिक शुल्क डिटिएचको भन्दा कम राख्ने तयारी गरिएको पौडेलले जानकारी दिए । कम्पनीले यसलाई नेपालको पहिलो डिजिटल टेरेस्टि्रयल टेलिभिजन -डिटिटी) को रुपमा प्रचार गर्ने तयारी गरेको छ । डिटिएच सेवा सञ्चालकले स्याटलाइट ब्यान्डविथका लागि शुल्क तिर्नुपर्छ नेपालको आफ्नै भू-उपग्रह नभएकाले यस्तो शुल्कबापत बर्स रकम बाहिरिने गरेको छ । तर, एमभिडिएस प्रविधिमा भने पूवाधार विकासका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि रकम विदेशिए पनि बर्स रकम विदेशिन रोकिने कम्पनीको दाबी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु