चार दलको प्रतिकार गर्न आग्रह चार दलको प्रतिकार गर्न आग्रह

२०६९ चैत्र १ गते, बिहीबार

काठमाडौं, – नेकपा-माओवादीसहित साना १८ दलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय गर्ने चार दलको प्रतिकार गर्न आग्रह गरेका छन् । बिहीबार बसेको संयुक्त बैठकले निर्दलीय सरकार बनाउने निर्णय राष्ट्रपतिले अनुमोदन गरेकोमा पनि आपत्ति जनाएको छ । बैठकपछि जारी विज्ञप्तीमा प्रधानन्यायाधीश नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद् बाहृय शक्तिको आडमा बनेको बताएको छ ।बाहृय शक्तिको आड र धापमा बनेको सरकार दलहरुबीचको वार्ता र सहमतिलाई लत्याउँदै, धज्जी उडाउँदै चार दलले निर्माण गरेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीको पुर्ण बिबरण यस प्रकार छ -‘तपसीलमा उल्लेखित राजनीतिक दलहरुको बैठक १ चैत्र, २०६९ मा नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा पार्टीका उपाध्यक्ष क. सिपि गजुरेल ‘गौरव’ को अध्यक्षतामा बस्यो । गम्भीर विचार विमर्श पश्चात बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. तीन दल (एमाओवादी, नेपाली कांग्रेस र एमाले) र मधेसी मोर्चाले बाह्य शक्तिहरुको आडधापमा बाधा अडकाउ फुकाउने नाममा मनोमानी र निरङ्कुश ढङ्गले अन्तरिम संविधान २०६३ मा दुई दर्जन जति संशोधन गर्दै उक्त चार पक्ष बाहिरका दुई दर्जनभन्दा बढी पार्टीहरुको राय, आलोचना र विरोधहरुलाई लत्याउँदै वर्तमान बहुदलीय लोकतन्त्रका मुलभूत मान्यताहरुको धज्जी उडाउँदै कार्यकारी प्रमुखमा राजनीतिक अधिकार केन्द्रित गर्नको निम्ति संविधानका मर्म र भावनालाई कुल्चँदै र सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालाई समेत छलेर प्रधान न्यायधीस खिलराज रेग्मीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने कार्यलाई बैठक दृढ विरोध गर्दछ । साथै, बैठक यस कार्यबाट राष्ट्रिय राजनीतिमा चौतर्फी रुपमा पर्ने दुष्प्रभावहरुको आँकलन गर्दै तिनीहरुलाई प्रतिवाद गर्नको निम्ति देशबासीहरुमा हार्दिक अपील गर्दछ ।
२. आज १ चैत्र, २०६९ को बिहान सम्पन्न उक्त शपथ ग्रहणको विरुद्ध देशका विभिन्न भागहरुमा जनताले गरेका स्वतः स्फूर्त र प्रतिपक्ष पार्टीहरुले एक्लाएक्लै वा संयुक्त रुपमा गरेका विरोध कार्यहरुप्रति बैठक दृढ समर्थन र ऐक्यवद्धता जनाउँदै हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
३. भोली चैत्र २ गते बैठक बसी राष्ट्रिय राजनीतिको समीक्षा गर्दै आगामी सङ्घर्ष र कामका नीति तथा योजना निर्माण गर्ने निर्णय गरिन्छ ।
धन्यवाद ।

तपसील
१) सिपि गजुरेल ‘गौरव’, उपाध्यक्ष – नेकपा–माओवादी
२) सिपि मैनाली, महासचिव – नेकपा (माले)
३) रामसिं श्रीस, केस – नेकपा (एकीकृत)
४) ठाकुर शर्मा, के.सचिवालय सदस्य – नेकपा (संयुक्त)
५) सन्तबहादुर नेपाली, महासचिव – राष्ट्रिय जनमोर्चा
६) पासाङ शेर्पा, अध्यक्ष मण्डल सदस्य – सामाजिक लोकतान्त्रिक पार्टी
७) डा. भरत लामिछाने, अध्यक्ष – संयुक्त जनमोर्चा, नेपाल
८) डा. बिजय सैंजु, महासचिव – नेपाः राष्ट्रिय पार्टी
९) लोकनारायण सुवेदी, अध्यक्ष – नेकपा (संयुक्त माक्र्सवादी)
१०) तिलक थापामगर, महासचिव – नेकपा (माले समाजवादी)
११) नारायण खरेल, केन्दीय सदस्य – नेकपा (माले जनसमाजवादी)
१२) कुलबहादुर मोक्तान, उपाध्यक्ष – राष्ट्रिय जनवादी मोर्चा नेपाल
१३) किरण कुमार मगर, नि. अध्यक्ष – जनता दल युनाइटेड
१४) हिरालाल साह, केन्द्रीय सदस्य – दलित जनजाति पार्टी
१५) अच्युतराज ज्ञवाली, पिबिएम – नेकपा (माक्र्सवादी)
१६) टंकनाथ पौडेल, उपाध्यक्ष – जनमोर्चा नेपाल
१७) रमेशबाबु श्रेष्ठ, पिबिएम – नेकपा (संयुक्त माक्र्सवादी)
१८) रमेशबाबु श्रेष्ठ, आरबिएम – नेकपा (संयुक्त माक्र्सवादी)
१९) लालबहादुर कार्की, उपाध्यक्ष – नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु