प्रन्यालाई प्रम बनाए आन्दोलन : २२ दलप्रन्यालाई प्रम बनाए आन्दोलन : २२ दल

२०६९ फाल्गुन ३० गते, बुधबार

काठमाण्डौ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाए नेकपा-माओवादीसहितका २२ दलले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने चार दलको तयारी भइरहेका वेला राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादी सहितका २२ दलले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।उनीहरुले असंबैधानिक रुपमा न्यायपालिकाका प्रमुखलाई असंबैधानिक रुपमा चुनावी सरकारको नेतृत्व दिने षडयन्त्र भइरहेको भन्दै यदि त्यसो गरिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । उनीहरुले दल बाहिरवाट नभइ दलभित्रैको व्यक्तिलाई प्रधानमन्त्री बनाए नयाँ निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु