चार दल बैठक निष्कर्षहीन, भोलि फेरी बस्नेचार दल बैठक निष्कर्षहीन, भोलि फेरी बस्ने

२०६९ फाल्गुन २९ गते, मंगलवार


काठमाडौ– मुख्य तीन दल र मधेसी मोर्चाबीच भएको छलफल निष्कर्षहीन बनेको छ । मुख्य चार दलको बैठक भोलि बुधबार बस्ने गरी टुंग्याइएको छ । सो बैठकपछि अहिले सेना समायोजन विशेष समितिको कार्यालयमा यसअघि विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । बैठकमा चार दलले अहिलेसम्म गरेको छलफल र सहमतिका बारेमा जानकारी गराइने कार्यक्रम छ । सर्वदलीय बैठकमा ती विषयहरुमा पनि छलफल हुने बताइएको छ । चार दल बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले भोलि बुधबार साँझसम्ममा सरकार गठन गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार लडाकूको दर्जा निधारणमा सहमति जुट्न बाँकी छ भने सत्य निरुपण आयोग गठनबारे अन्तिम मस्यौदा बनाउन कार्यदलले केही समय मागेको छ ।

प्रतिक्रियाहरु