रोबोर्ट सुटलाई विश्वव्यापी सुरक्षा प्रमाणपत्ररोबोर्ट सुटलाई विश्वव्यापी सुरक्षा प्रमाणपत्र

२०६९ फाल्गुन २६ गते, शनिबार

टोकियो । प्रौढ तथा अशक्तलाई हिँडडुल गर्न सहयोग गर्ने रोबोट सुटलाई गतबुधबार जापानमा विश्वव्यापी सुरक्षा प्रमाणपत्र दिइएको छ र यो सुट अब विश्वबजारमा आउने भएको छ । हाइब्रिड एसिस्टिभ लिम्ब -हल) नाम गरेको यस सुटमा जापानी रोबोट निर्माता साइबरडाइनले विकास गरेको खुट्टा राखिएको छ । यसै संस्थाले यस्तै रोबोट हात पनि विकास गरेको थियो । व्यक्तिगत रोबोटका लागि तयार भएको अन्तर्रर्ााट्रय गुणस्तर मापदण्डको मस्यौदा अनुसार जापानको गुणस्तर आश्वासन संस्थाले यस प्रकारको प्रमाणपत्र दिएको हो । यो मापदण्ड यस वर्षो अन्त्यतिर पारित हुने अपेक्षा गरिएको छ । उक्त जानकारी जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले दिएको हो ।
यस मस्यौदा अनुसार धातु तथा प्लास्टिकको ढाँचा तयार गरिएको उपचार सहायक रोबोटलाई पहिलोपटक यस्तो प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयका अधिकारीले बताए । व्याटि्रकको सहयोगमा चल्ने हलले मानिसको मांसपेशीको तरङ्ग पहिचान गर्छ र यसैको आधारमा यसको प्रयोगकर्ताको शरीरको चाललाई सहयोग गर्छ । यस सुटले प्रौढ व्यक्तिलाई हिँडडुल गर्न तथा अस्पताल तथा स्वास्थ्य सहयोगीहरुलाई विरामीलाई उचाल्न सहयोग गर्छ । साइबरडाइन टोकियोको उत्तरपर्ूर्वी त्सुकुबामा अवस्थित छ । यस संस्थाले सन् २०१० देखि हालसम्म १५० अस्पताल, सेवाप्रदायक तथा अन्य संस्थालाई यस प्रकारका ३३० सुट भाडामा दिएको छ । यसका लागि प्रति सुट प्रति महिना एक हजार ९०० अमेरिकी डलर भाडा तिर्नर्ुपर्छ ।
साइबरडाइनका प्रमुख योसियुकी सानकाइले विश्वका अन्य संस्थाले भन्दा जापानले यस प्रकारको प्रमाणपत्र पाउनु महत्वपूण् रहेको बताउनुभयो । उहाँ त्सुकुबा विश्वविद्यालयका प्राध्यापक पनि हुनुहुन्छ । यस्तै प्रकारको सुट फूकुसिमा पारमाणविक संयन्त्रमा सफाइको काम गर्न व्यक्तिहरुका लागि पनि तयार गरिएको छ । जापानमा औद्योगिक रुपमा राबोटका प्रयोग निकै अगाडिदेखि भएको हो । यो प्रविधि विस्तारै अस्पताल तथा अवकाश प्राप्त प्रौढ व्यक्तिका आवासमा पनि उपयोग हुनथालेको छ । आलोचकहरुले सरकारले यस प्रकारको रोबोटको सुरक्षा संरचना तयार गर्न ढिलो गरिरहेको आरोप लगाएका छन् । यसले जापानको ठूलो संख्याका प्रौढ जनतालाई अझै दर्ीघजीवन बाँच्न सहयोग गर्ने आशा गरिएको छ । एएफपी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु