यहाँका दलालहरु मिलेर मालिकको निर्देशनअनुसार देशलाई नवऔपनिवेशिक संयन्त्रको रुपमा विकास गर्न खोज्दैछन् – कुलप्रसाद केसी ,सोनाम’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०६९ फाल्गुन २६ गते, शनिबार


० प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन चार दल लागिपरेका छन्, के भन्नुहुन्छ –
यो चार दलको नौटंकी हो । अहिलेको स्थापित मूल्य, मान्यता र अन्तरिम संविधानविपरीत गएर, राजनीतिक सहमति विपरीत गएर कथित चार दलको निर्ण्र् सम्परूणा राजनीतिक शक्तिको सहमति हुन सक्दैन । यो कुनै अदृश्य शक्तिको डिजाइनअर्न्तर्गत चार कठ्पुतलीलाई एक ठाउँमा ल्याएर गरिएको नौटंकी मात्र हो । दलाल र राष्ट्रघातीको ग्याङको रुपमा यसलाई जबर्जस्ती उभ्याइएको छ । प्रधानन्यायाधीश खिलराजले त्यो स्वीकार्नु भनेको नेपाली राजनीतिक मृत्युपत्रमा उनले साक्षी बस्ने र अरुहरुले हस्ताक्षर गर्नु मात्र हो ।
० चार दलको सहमतिलाई राष्ट्रपतिले पनि स्वीकार्दै आएका छन्, यसरी समस्या समाधान हुन्छ त –
नेपालको संविधानको सम्परूण् प्रक्रिया हर्दा राष्ट्रपति अहिले राष्ट्रपति नै नभएको स्थिति हो । नेपाल अहिले भ्याकुमको अवस्थामा छ । जब संविधानसभा हुन्थ्यो त राष्ट्रपति र प्रधानमन्त्रीको अवस्था कायम हुन्थ्यो । जब संविधानसभा विघटन भयो, तब राष्ट्रपति रहने संविधानसभा नरहने भन्ने कुरा अन्तरिम संविधानविपरीत छ । त्यसैले नेपाल अहिले भ्याकुममा छ र यसबाट पार पाउन ठूलो आन्दोलनबाहेक अर्को विकल्प छैन । अहिले यहाँका दलालहरु मिलेर मालिकको निर्देशनअनुसार देशलाई नवऔपनिवेशिक संयन्त्रको रुपमा विकास गर्न खोज्दैछन् । यिनीहरु त्यसैको बुख्याँचाको रुपमा देखा परिरहेका छन् ।
० अब निकासचाहिँ कसरी सम्भव छ त –
अब तुरुन्तै आन्दोलनबाट नै स्वाधीन राष्ट्रिय सरकार निर्माण गर्नुपर्छ । त्यही सरकारले नयाँ संविधान र नयाँ चुनावी प्रक्रियाबारे निर्ण्र् गर्नुपर्छ । अन्यथा आन्दोलनको विकल्प छैन ।
० त्यसो भए अब दोस्रो जनयुद्धको आवश्यकता बोध गर्नुभएको हो –
देशको लागि सम्प’र्ण् देशभक्तहरुको शक्ति एकै ठाउँमा केन्द्रित हुनुपर्छ । जनयुद्ध वा जनव्रि्रोह कसैको इच्छाको विषय होइन । देशले नवऔपनिवेशिकताको बाटो लिइसकेपछि त्यसका विरुद्ध देशभक्तहरुले एउटा कठोर निर्ण्र् गर्नुपर्छ । त्यो कठोर निर्ण्रे जस्तोसुकै रुप लिन पनि तयार भएको पार्टी माओवादी नै हो । अब माओवादीको साथमा सबै देशभक्त शक्तिहरु, राष्ट्रिय झण्डा बोकेर फेरि राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न तयार रहनर्पर्छ । अहिलेको मुख्य विषय यही हो ।
० पछिल्लो समयमा नेपाली सेनाका प्रधानसेनापतिले पनि देश संकटमा परे चुप लागेर नबस्ने अभिव्यक्ति दिएको प्रचारमा आएको छ, के भन्नुहुन्छ –
देश नै रहन्न, देशका कुनै पनि राज्य संयन्त्र नै रहँदैन भने सेनाले पनि चुपचाप हेरेर बस्दैन । राष्ट्रको संकटको बेलामा सेनाले पनि राष्ट्र र जनताको रक्षार्थ जनताको साथमा रहेर आफ्नो संरचनालाई स्थायी, दिगो बनाउनुपर्छ । हिजोको जस्तो होइन कि राष्ट्र र जनताप्रति जिम्मेवार हुँदै सेनाले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । त्यसबाट नेपाली सेना दायाँबायाँ हुनुहुँदैन ।
० तपाईंहरुले पार्टी सातौँ महाधिवेशनबाट जनयुद्धको जगमा जनव्रि्रोह गर्ने कार्यदिशा पास गर्नुभएको छ । अब जनव्रि्रोह कहिलेबाट सुरु हुन्छ त –
जनव्रि्रोह घटनाक्रमले विकास गर्ने कुरा हो । जनयुद्ध राष्ट्रिय स्वाधीनताको एउटा संर्घष्ा थियो । अब हुने आन्दोलन राष्ट्रिय स्वाधीनताको रक्षार्थको आन्दोलन हो । अहिले यसको औचित्य र आवश्यकता झन् बढेको छ । अब राष्ट्रवादी र राष्ट्रघाती, देशभक्त र जनघातीबीच एउटा ठूलो मोर्चाबन्दी गर्ने बेला भएको छ । हामी देशभक्त र राष्ट्रवादीको पक्षमा उभिएका छौँ । अहिले सबै कम्युनिस्टहरु र देशभक्त एकै ठाउँमा उभिनुपर्ने बेला आएको छ ।
० तपाईंहरुले नै बनाएका प्रधानमन्त्रीले दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिहरुलाई स्वाहा पारिदिए अब के गर्नुहुन्छ –
बाबुराम, प्रचण्डको कार्यदिशा नवऔपनिवेशिक अवस्थामा पुगेकाले हामीले राष्ट्र र जनताप्रतिको गद्दार भन्दै उनीहरुसँग सम्बद्ध विच्छेद गरेका हौँँ । नवऔपनिवेशिकतातर्फउन्मुख भएको प्रचण्ड, बाबुराम प्रवृत्तिले गर्दा नै जनयुद्ध र जनआन्दोलनले प्राप्त गरेको ठूलो उपलब्धि गुम्न पुग्यो । यो कम्युनिस्टहरुकै ठूलो अपमान र बेइज्जत हो । त्यसको सबभन्दा नकारात्मक पात्र र प्रवृत्तिको युगबाट इतिहासमा दर्ज भएको छ । राष्ट्र र जनताप्रति कम्युनिस्ट खोल ओढेर जनयुद्धको कभरेजबाट यत्रो घात गर्छन् भन्ने परिकल्पना नै थिएन । यो अप्रत्याशित परिघटनाको रुपबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्छ । अहिले सत्तासीन हुनु कसैको आशीवादबाट कर्सीमा पुग्नु र झर्नु ठूलो कुरा होइन । यसको इतिहासमा ठूलै समीक्षा हुनेछ, प्रचण्ड प्रवृत्ति भनेर । यो इतिहासमा राष्ट्रघाती र जनघाती प्रवृत्ति भनेर आयो । यो जनयुद्धको नकारात्मक शिक्षा, जनयुद्ध घोर अपमान र जनतामाथिको घात हो भन्ने पुष्टि भएको छ ।
० तपाईंहरुले प्रचण्ड प्रवृत्ति हावी भयो भनेर पार्टी पर्नर्गठन गर्नुभयो, फेरि पनि तपाईंको पार्टी प्रचण्ड प्रवृत्तिहरु हावी हुँदैछन् भनेर कार्यकर्ताले गुनासो गर्न थालेका छन्, वास्तविकता के हो –
कुनै मानिसमा व्यक्तिगतरुपमा आउने प्रवृत्तिलाई हाम्रो कार्यदिशाले रुपान्तरण गरेको छ । केही व्यक्ति चलखेल गर्न खोज्ने हुन्छन् नै तर हाम्रो पार्टी मूल प्रवृत्ति भनेको अहिले राष्ट्रिय स्वाधीनता र जनवादलाई संस्थागत गर्ने अगुवाईको रुपमा नै छ । हाम्रो पार्टी नेतृत्व यो कार्यदिशाबाट दायाँबायाँ हुन सक्दैन, त्यसमा ढुक्क भए हुन्छ ।
० तपाईंले भनेका यी कुराहरुमा विश्वास गर्ने आधारहरु के-के छन् त बताइदिनुस् न –
हाम्रो सही कार्यदिशा सही आन्दोलन र त्यसको नेतृत्व गरेर नै पुष्टि गर्ने कुरा हो । हामी भाषण गरेर होइन, व्यवहार उतारेर देखाउँछौँ । त्यो समयले नै पुष्टि गर्छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ –
आमनेपाली जनता देशभक्त छन् । राष्ट्रको योभन्दा ठूलो संकट न हिजो थियो न हुनेछ । यस्तो स्थितिमा देश आइपुगेको छ । यस्तो अवस्थामा सबै नेपाली देशभक्त, भएर एकै ठाउँमा उभिनुपर्छ । अहिले देशलाई बेरोजगारी, महँगी, गरिबीले आक्रान्त पारेको छ । यो रोकिनेवाला छैन । कथित चार दल र कथित राष्ट्रपतिको भ्रममा नपरेर अब नयाँ मोर्चा, नयाँ आन्दोलन, नयाँ सरकार र नयाँ संविधानको परिकल्पना गर्न र त्यसको निम्ति सबै जनताहरु एउटै मोर्चा र एउटै बाटोबाट अगाडि बढ्नुपर्छ । यो नै अन्तिम ताकत र अस्त्र हो । यसले मात्र विजय हासिल गर्छ । अहिले चार दलजस्ता दलाल पार्टी जो जन्मिरहेका छन्, तिनीहरुको भ्रममा नपरेर एक पटक सबै मिलेर साझा पहलकद्मी लिन जरुरी छ । त्यसको निम्ति म सबै जनतालाई अनुरोध गर्दछ ।

प्रतिक्रियाहरु