प्रन्यालाई प्रधानमन्त्री जनतालाई झुक्याउने खेल: बिप्लवप्रन्यालाई प्रधानमन्त्री जनतालाई झुक्याउने खेल: बिप्लव

२०६९ फाल्गुन २४ गते, बिहीबार

काठमाडौं – क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार अन्तर्त्रिया कार्यक्रममा नेकपा-माओवादीका सचिव नेत्रबिक्रम चन्द बिप्लवले कानुनको लौरो टकेर मुलुकमा फाँसीवाद आउने खतरा बढेको बताएका छन् । उनले नेपाली जनतालाई झुक्याउने खेल खेल्दा खेल्दै प्रधानन्यायाधीस खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउनु भनेकै फाँसीवादलाई निम्त्याउनु भएको बताए । बिप्लवले प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउनु समाधान नभएको समेत बताए । उनले त्यसको प्रतिरोधका लागि ‘जनवाद’ नै उत्तम विकल्पन भएको बताए । अबको समयमा क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बेलामा उल्टै वैदेशिक चलखेलमा फस्नु दुःखद भएको बताउँदै उनले ‘जनवाद’ का लागि सबै एकजुट हुनुपर्ने बताए ।’अरुको मुद्दा हेरेर फैसला गर्ने प्रधानन्यायाधीस यसरी आफ्नै मुद्दामा निर्णय लिन नसक्नु दुःखको कुरा हो’ उनले भने, ‘अझै पनि उहाँ -खिलराजले सोच्ने बेला बँाकी छ ।’ उनले चार दलले गरेको निर्णयले देशलाई भड्खालोमा लैजाने भएकाले यस बिषयमा गम्भीर बन्न आग्रह गरे । नेपाली जनतालाई राजनीति गर्ने अधिकारबाट बन्चित गराउन चारदल लागि परेको बताउँदै उनले प्रधान न्यायाधीसलाई प्रधानमन्त्री बनाएर देश झनै वर्वादीतर्फ धकेलिने बताए ।
‘प्रधानमन्त्री बनेर व्यक्तिगत रुपमा खिलराजजीलाई पनि नराम्रो हुन्छ’ उनले भने, ‘नेपाली जनतालाई त झनै वर्वाद हुन्छ । त्यो कुरा बेलैमा बुझ्नु पर्छ ।’प्रधानन्यायाधीस रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रसंग पनि भारतकै प्रस्ताव भएको बताउँदै उनले तर, नेपालका चारै दलका युवा नेताहरु यसको विपक्षमा रहेको बताए । ‘नेपाली संविधान अनुसार पनि यो प्रस्ताव मिल्दै मिल्दैन’ उनले भने, ‘नेपाली जनताको चाहना पनि होइन । यसलाई भन्ने नै हो भने भारतकै इच्छा अनुसार आएको हो ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु