खिलराजको मुद्दाको सुनुवाई चैत्र १ मा खिलराजको मुद्दाको सुनुवाई चैत्र १ मा

२०६९ फाल्गुन २४ गते, बिहीबार

काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने मुद्दामा चैत्र १ गते सुनुवाइ हुने भएको छ । अभिवक्ता भरत जंगमद्वारा दायर रिटमाथि आज भएको विशेष इजलासको सुनुवाइले चैत्र १ गते अर्को मुद्दासँगै राखेर एकसाथ इजलासमा पेश गर्न आदेश दिएको छ ।जंगमद्वारा दायर रिटमा न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीलाको विशेष इजलासमा सुनुवाइ भएको थियो । अर्को यस्तै प्रक्रियाको मुद्दामाथि चैत्र १ गते सुनुवाइ हुने भएकाले आज अन्तिम सुनुवाइ गर्ने भनिए पनि दुबै मुद्दालाई एकसाथ विशेष इजलासबाट पेश गर्ने आदेश अदालतले गरेको छ ।अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर जंगमको जस्तै प्रकृतिको रिटमाथि सुनुवाइ चैत्र १ मा विशेष इजलासबाट हुँदैछ । अर्याल र जंगम दुबैका रिटमाथि १ गते सँगै सुनुवाइ हुने भएको छ । गत फागुन १५ गते जंगमले रेग्मीलाई प्रधानमन्त्री बनाउनु संविधान र शक्तिपृथक्कीकरणको सिद्धान्त विपरीत हुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु