बन्द पूर्ण रुपमा सफलबन्द पूर्ण रुपमा सफल

२०६९ फाल्गुन २३ गते, बुधबार


काठमाण्डौं । नेकपा-माओवादी नेतत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले गरेको नेपाल बन्द गरेको छ । बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्तमान सरकारको विगठन र राष्ट्रिय संयुक्त सरकार गठनको माग गर्दै मोर्चाले बन्द आव्हान गरेको जनाएको छ । सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक आन्दोलनको रुपमा आव्हान गरेको बन्द साँझ पाँच बजे सकिने नेकपा-माओवादीले जनाएको छ ।
मोर्चाको बन्दका कारण देशभरका सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था ठप्प रहेका छन् भने एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दुध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक नियोगका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरुलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिने जनाएको छ ।
नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा नेकपा-माओवादी,नेकपा एकीकृत, मातृका यादब नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद)लगायतका दल आवद्ध छन् । विहानै देखि बन्दकर्ताहरु नाराबाजी गर्दै सडक सडकमा प्रर्दशन गरिरहेका छन् ।

काठमाण्डौं । नेकपा-माओवादी नेतत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेको छ । बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्तमान सरकारको विगठन र राष्ट्रिय संयुक्त सरकार गठनको माग गर्दै मोर्चाले बन्द आव्हान गरेको माओवादीले जनाएको छ । सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक आन्दोलनको रुपमा आव्हान गरेको बन्द साँझ पाँच बजे सकिने नेकपा-माओवादीले जनाएको छ ।
मोर्चाको बन्दका कारण देशभरका सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था ठप्प रहेका छन् भने एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दुध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक नियोगका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरुलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिने जनाएको छ ।
नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा नेकपा-माओवादी,नेकपा एकीकृत, मातृका यादब नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद)लगायतका दल आवद्ध छन् । विहानै देखि बन्दकर्ताहरु नाराबाजी गर्दै सडक सडकमा प्रर्दशन गरिरहेका छन् ।यसै गरि पुर्बी क्षेत्रमापनि बन्दको असर पूर्ण रुपमा परेको बताइएको छ , पूर्वका सम्पूर्ण जिल्लाहरुमा नेपाल बन्द अघिल्लो बन्दको तुलनामा पूर्ण रुपमा सफल भएको त्यहा स्थित एक नेताले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु