२३ गते नेपाल बन्द२३ गते नेपाल बन्द

२०६९ फाल्गुन २० गते, आईतवार


काठमाडौं– नेकपा–माओवादी नेतृत्वको ‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’ले गैर संवैधानिकरुपमा सरकार निर्माण गर्न लागेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ‘वर्तमान सरकारलाई बर्खास्त गरौं, अग्रगामी राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन गरौं’ भन्ने नाराका साथ मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद)लगायतका घटकहरु मोर्चामा आबद्ध छन् ।मोर्चाको शनिबार बसेको बैठकले आन्दालनको माध्यमबाट सबैलाई एकै ठाउँमा उभ्याउन सकिने निष्कर्षका साथ आन्दोलन कार्यक्रम घोषणा गरेको हो । ‘अहिलेको सरकारको बर्खास्ती, सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक एवं पश्चगामी कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक आन्दोलन अनिवार्य बनेको छ,’ मोर्चाले निर्णय गरेको छ ।आन्दोलनको पहिलो कार्यक्रमअनुसार मोर्चाले २३ फागुनमा नेपाल बन्दको आयोजना गरेको छ । बन्दको कार्यक्रम विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । बन्दमा सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था आदि सबै बन्द गरिने भएको छ । आन्दोलनको कार्यक्रमअनुसार २२ फागुनसम्म प्रचार–प्रसार, सोही दिन साँझ मसाल जुलुस निकाल्ने भएको छ ।बन्दका क्रममा यातायाततर्फ एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दूध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक ंका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरु भने खुला रहने मोर्चाले जनाएको छ । मोर्चाले थप आन्दोलनका कार्यक्रमहरु पछि जारी गर्ने जनाएको छ ।
काठमाडौं– नेकपा–माओवादी नेतृत्वको ‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’ले गैर संवैधानिकरुपमा सरकार निर्माण गर्न लागेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ‘वर्तमान सरकारलाई बर्खास्त गरौं, अग्रगामी राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन गरौं’ भन्ने नाराका साथ मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद)लगायतका घटकहरु मोर्चामा आबद्ध छन् ।मोर्चाको शनिबार बसेको बैठकले आन्दालनको माध्यमबाट सबैलाई एकै ठाउँमा उभ्याउन सकिने निष्कर्षका साथ आन्दोलन कार्यक्रम घोषणा गरेको हो । ‘अहिलेको सरकारको बर्खास्ती, सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक एवं पश्चगामी कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक आन्दोलन अनिवार्य बनेको छ,’ मोर्चाले निर्णय गरेको छ ।आन्दोलनको पहिलो कार्यक्रमअनुसार मोर्चाले २३ फागुनमा नेपाल बन्दको आयोजना गरेको छ । बन्दको कार्यक्रम विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । बन्दमा सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था आदि सबै बन्द गरिने भएको छ । आन्दोलनको कार्यक्रमअनुसार २२ फागुनसम्म प्रचार–प्रसार, सोही दिन साँझ मसाल जुलुस निकाल्ने भएको छ ।बन्दका क्रममा यातायाततर्फ एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दूध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिकका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरु भने खुला रहने मोर्चाले जनाएको छ । मोर्चाले थप आन्दोलनका कार्यक्रमहरु पछि जारी गर्ने जनाएको छ ।
बैठक पछि मोर्चा ले जारि गरेको प्रेस विज्ञाप्ति को पूर्ण बिबरण यस प्रकार छ – ‘वर्तमान सरकारलाई बर्खास्त गरौं !
अग्रगामी राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन गरौं !!
वर्तमान बाबुराम भट्टराई सरकार राष्ट्रघात र जनघातमा संलग्न रहेको तथा व्यवस्थापिका संसदको समेत विघटन गरी अन्तरिम संविधान, २०६३ लाई उल्लङ्घन गरेकोले यस सरकारलाई बर्खास्त गरी विद्यमान राजनीतिक सङ्कटको निकास दिन अग्रगामी राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन गर्न भनी सर्वत्र आवाज उठिरहेको र हाम्रो मोर्चाको तर्फबाट पनि वर्तमान सरकारको विघटन र राष्ट्रिय संयुक्त सरकार गठनको विषयलाई लिएर विभिन्न संघर्षका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको यथार्थता सर्वविदितै छ ।
जनआवाजको कदर गरी वर्तमान सरकारको विघटन र दलहरुको सहमतिमा संयुक्त राष्ट्रिय सरकार गठनको मार्ग प्रशस्त गर्नुको सट्टा तीन दल र मधेसी मोर्चाले विगतको आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्म निरपेक्षतालगायतका उपलब्धीहरुलाई पनि समाप्त गर्नेगरी बाह्य शक्तिहरुको गुरुयोजनामा अन्तरिम संविधान विपरित निर्दलीय, असंवैधानिक र प्रतिगामी सरकार गठनको पश्चगामी मार्ग अवलम्बन गरिरहेका छन् । चार पक्षको यस्तो असंवैधानिक र पश्चगामी गतिविधिलाई राष्ट्रपतिद्वारा संरक्षण गरिनु, प्रधान न्यायधीशद्वारा न्यायलयको मर्यादा विपरित सर्वोच्च अदालतबाट विज्ञप्ति जारी गरिनु जस्ता परिघटनाहरुबाट वर्तमान प्रधानमन्त्री र चार पक्षका नेताहरु मात्र होइन राज्यका अन्य अङ्गहरु समेत राष्ट्रघाती, असंवैधानिक र प्रतिगामी कदमहरुमा संलग्न रहँदै आइरहेको यथार्थता उजागर भएको छ । यसबाट राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पु¥याउनुका साथै मुलुकलाई फासीवादी दिशातर्फ उन्मुख गराउने खतरा बढिरहेको छ ।

त्यसैले वर्तमान राष्ट्रघाती सरकारको बर्खास्ती, सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक एवं पश्चगामी कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति सडक आन्दोलन अनिवार्य बनेको छ । यसैक्रममा यही फागुन २३ गते नेपाल बन्दको आयोजना गरिएको छ । उक्त दिन बिहान ६ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म देशभरका सम्पूर्ण यातायात, बजार, उद्योग कलकारखाना, शिक्षणसंस्था आदि सबै बन्द गरी वर्तमान राष्ट्रघाती र जनघाती बाबुराम सरकारको बर्खास्ती, राष्ट्रिय स्वाधीनताको रक्षा, सरकार गठनमा वैदेशिक हस्तक्षेपको विरोध गर्दै दलहरुबीचबाट नै संयुक्त राष्ट्रिय सरकार गठनप्रति ऐक्यवद्धता जनाइदिनुहुन सम्पूर्ण मजदुर, यातायात व्यवसायी, व्यापारी, उद्यमी, शिक्षक, विद्यार्थीलगायत आम जनसमुदायमा हाम्रो मोर्चा हार्दिक आह्वान गर्दछ ।

कार्यक्रम
फागुन २२ गतेसम्म प्रचार–प्रसार
फागुन २२ गते बेलुका जुलुश
फागुन २३ गते नेपाल बन्द
(यातायात तर्फ एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दुध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक अङ्गका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरु भने खुला रहनेछन् ।)
थप आन्दोलनका कार्यक्रमहरु पछि जारी गरिनेछ ।
नाराहरु
१) राष्ट्रिय स्वाधीनताको – रक्षा गरौं !
२) सरकार गठनमा बाह्य हस्तक्षेप – बन्द गर ’
३) राष्ट्रघाती र जनघाती बाबुराम सरकारलाई – बरखास्त गरौं ’
४) अग्रगामी राजनैतिक दलहरुको सहमतिमा संयुक्त राष्ट्रिय सरकार – गठन गरौं !
५) जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको – सुनिश्चितता गरौं !
६) निर्दलीय, असंवैधानिक र पश्चगामी सरकार गठनको – विरोध गरौं ’
७) सरकारका असंवैधानिक निर्णयहरु – मान्दैनौं !
८) चार दलका असंवैधानिक प्रस्तावहरु – अस्वीकार गरौं !
मिति ः २०६९-११-१९

नेपाल संघीय जनगणतान्त्रिक मोर्चा
(मोर्चामा संलग्न घटकहरु – नेकपा–माओवादी, नेकपा (एकीकृत),
नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,
र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद)लगायतका घटकहरु)’

प्रतिक्रियाहरु