माओवादी राष्ट्रिय स्वाधीनताको पहरेदार पार्टी हो 0 खड्गबहादुर विश्वकर्मा प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०६९ फाल्गुन २० गते, आईतवार


० प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन चार दल लागिपरेका छन्, के भन्नुहुन्छ ?
यो नेपाली राजनीतिमा नेपालको परिवर्तनको प्रक्रियाका विरुद्धको षड्यन्त्रको रुपमा, नेपालका सबै दलालहरु र साम्राज्यवादी, विस्तारवादीहरुको ठूलो डिजाइनमा गरिएको ल्याइएको षड्यन्त्रको रुपमा नै लिनुपर्छ । मालिकहरुले अगाडि सारेका राजनीतिक क्षेत्रका दलालहरु नालायक भएपछि उनीहरु सर्वाङ्ग भएपछि यसबाट नेपाल राष्ट्र अनि नेपाली जनता, नेपाली राष्ट्रियता, नेपाली जनताको राजनीतिक स्वतन्त्रतामा हस्तक्षेप गर्ने उनीहरुको षड्न्त्रमा लागू गर्न नसकिने भएपछि नयाा दलाललाई अगाडि सार्न खोजिएको या नयाा दलाल बनाउन खोजिएको घटनाको रुपमा नै बुझ्दा हुन्छ । यसले कथित संविधानसभा निर्वाचनको नौटंकी गरिराखेको छ । यो संविधानसभाको चुनाव होइन कि विगतकै प्रतिक्रियावादी सत्ता र व्यस्थालाई रक्षा गर्ने त्यसको सुनिश्चित गर्ने एउटा ठूलो षड्यन्त्रमा आएको छ । त्यसकारण नेपाली जनताले यसको पूरापूर प्रतिवाद गर्नुपर्छ, यसलाई खारेज गर्नुपर्छ ।
० चार दलको सहमतिलाई राष्ट्रपतिले पनि मान्दै आएका छन् । के चार दलको सहमति राष्ट्रिय सहमति हुन सक्छ ?
यो देशका राष्ट्रपति पनि विचित्रका हुने भए । कहिले उनी आफेा भन्छन्, राष्ट्रिय सहमतिलाई मात्र मैले मान्यता दिन्छु भन्छन् भने उनी कहिले पनि दलालहरुको घेराभन्दा बाहिर आएनन्, आउन चाहेनन् र आउने कोसिस पनि गरेनन् । यसले राष्ट्रपतिकै विषयमा धेरै ठूलो प्रश्न उठेको छ, विश्वासको वातावरणमा संकट पैदा गराएको छ ।
० पछिल्लो चरणमा राजनीतिक विषयमा सेनाले पनि चासो राखेको अभिव्यक्तिहरु आइरहेको छ, यस विषयमा के भन्नुहुन्छ ?
शान्तिको अावरणभित्र देशलाई द्वन्द्वमा धकेल्ने, देशलाई संकटको भुमरीमा फसाउने देशी, विदेशी प्रतिक्रियावादी दलालहरु छन् । त्यहीअन्तर्गत सेनाको कुरा पनि उठिरहेको छ । अस्ति मात्र प्रधानसेनापतिले जुन ढङ्गले बोले भन्ने सञ्चार माध्यममा आएको छ । त्यो हेर्दा अस्वभाविक र अलिक बढी गम्भीर प्रकृतिका र समग्र सन्दर्भको अध्ययन गर्नुपर्ने विषय भएको छ ।
० तपाईंहरुले गोलमेच सभाको अवधारणा अगाडि सार्नुभएको थियो । तर, त्यसमा प्रतिबद्ध भएर लाग्नुभएको छैन भन्ने गुनासो छ नि, यथार्थता के हो ?
साना दल र जनताहरु गोलमेच सभाको विकल्प छैन भन्ने टुङ्गोमा पुगेका छन् । तमाम राष्ट्रवादी र परिवर्तन चाहने शक्तिहरु सबै गोलमच सभाकै पषमा छन् । हामीले गोलमेच सभाको एजेण्डा अगाडि सारेपछि सबभन्दा ठूलो आतंक र छटपटाहट नेपालीको राजनीतिक क्षेत्रमा भएका दलालहरुलाई तिनका मालिकहरुलाई भएको छ । त्यसैले यसका विरुद्ध उनीहरु एकपछि अर्को षड्यन्त्र गर्दै गएका छन् । तर, गोलमेच सभाको एजेण्डा स्थापित हुादै गएको छ । देश असामान्य स्थितिमा छ, राजनीतिक पार्टीको नेताबाट मात्रै सम्भव छैन । अहिले नेपाल भनिएजसतै, गरिएजस्तै कथित चार दलबाट निकास सम्भव छैन । चार दनलका नेता समस्या समाधान गनेृ होइनन् कि यिनीहरु त समस्या बलझाउने कारक मात्र हुन् ।
० राजनीतिक अवस्था संकटग्रस्त छ, संसदीय दलहरु पुर्णरुपमा असफलभ एका छन्, यस्तो अवस्थामा जनविद्रोहको कत्तिको सम्भावना देख्नुहुन्छ ?
नेपाली जनताले जनयुद्ध र जनआन्देालनका उपलब्धिहरुलाई राजनीतिक खेलबाट स्थापित हेास् भन्ने चाहेका हुन् । राजनीतिक दलहरु त्यसै दिशामा अगाडि बढू
न् भन्ने जनचाहना हो । तर, चार दलको कारण जहिले पनि टेबुल षड्यिन्त्रको थलो बन्न पुगेको छ । टेबलमा समस्याको समाधान खोज्नुभन्दा चार दलका टेबल राष्ट्रको विरुद्ध षड्यन्त्र गर्ने थलो बन्न पुगेको छ । टेबलबाट निकास ननिस्कनु भनेको राजनीतिक दलहरु जो आफूलाई प्रमुख दल ठान्छन्, तिनीहरुले सकेनन् भन्ने हो । राजनीतिक पार्टी जसले जनताको प्रतिनिधि हौा भन्छन्, तिनले सकेनन् भन्ने नै हो । तिनले नसकेपछि जनताको राजनीतिक पार्टी हुनुको नाताले एक पटक अपिल गरेर तपाई.हरुको मुद्दा तपाईंहरु आफैा समाधान गर्नुस् भनेर अपिल गर्नुछ । हामलिे अपिल गरिसकेका छौा । जनताले फैसला गर्ने भनेको सडकबाट हो । सडक भनेको आन्देालन हो । जनताको आˆनो नारालाई आन्देालनले व्यवहारिकरुप दिनको निम्ति त्यसले उउटा उत्र्का हासिल गर्छ । त्यही उत्कृर्षलाई हामलिे जनविद्रोह भनेका छौ । अहिले परिस्थिति हेर्दा त्यो अनिवार्य बन्दै गएको छ ।
० तपाईंको नेतृत्वमा माअेावादीले कोशीउच्च बाधमा हस्तक्षेप गर्यो भनेर प्रचारमा आएको छ, वास्तविकता के हो ?
यो देशको राष्ट्रिय स्वाधीनताको मुद्दामा हाम्रो पार्टी नेकपा-माओवादी असाध्यै गम्भीर र यसको पहरेदार पार्टी हो । हामी नेपालमा भएका सबै असमान सन्धि र सम्झौताहरु पूर्णरुपमा खारेजी हुनुपर्छ भन्नेमा छैा । जुन एजेण्डा हामीले निरन्तर उठाउादै आएका छौ । अहिले पछिल्लो दिनमा बाबुराम सरकार बनिसकेपछि, अहिले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउने षड्यन्त्र आएपछि यसले नेपाली जनताको स्वनिर्णयको अधिकार र हाम्रो राष्ट्रको राष्ट्रिय स्वाधीनताको प्रश्न फेरि गम्भीर भएर आयो । त्यसकारण त्यसका विरुद्धमा प्रतिवाद गर्नुको निम्ति र स.घर्ष गर्नको निम्ति हामीले माथिल्लो कणर्ाली, कोशी उच्च बााध र अरुण तेस्रोलगायतका पछिल्लो र अघिल्ला सबै राष्ट्रघाती सन्धि, सम्झौताहरुको विरुद्ध हामीले स.घर्षका कायृक्रम देशव्यापीरुपमा अघि सारेका छौ । त्यही अनुरुप पूर्वमा कोशी उच्च बाध र अरुण तेस्रोविरुद्ध हामीले भव्य विरोध कार्यक्रम गर्यौ । कोशी उच्च बाधको सन्दर्भमा मैले आफैाले त्यसको स्थलगत अवलोकन पाएको थिइन । तर, गत १५ गतेको कायृक्रममा मैले कोशी उच्च बाधको प्रत्यक्ष अवलोकन र अध्ययन गरी हाम्रो पार्टीको कार्यक्रमअनुसार कोशी उचच बााध असमान छ, कोशी उच्च बााध भारतीय शासकवर्गको हितमा छ । कोशी उच्च बाध सप्तकोशीलाई कब्जा गर्ने डिजाइनमा छ, कोशी उच्च बााध बनाएर हाम्रो जनता र हाम्रो भूभागलाई डुवानमा पारेर जनतालाई विस्थापित गर्ने ष्नड्यन्त्रअन्तर्गत भएको हुनाले त्यसको खारेज हिुनुपर्छ । त्यसको खारेजी नहुादासम्म हामी निरन्तर संघर्ष गरिरहन्छौा । कोशी उच्च बाध निर्माण गर्ने अधिकार नेपाली जनतालाई छ । अरु कोही नेपाली जनताको विरुद्धका दलालहरु साम्राज्यवादी र विस्तारवादीहरुलाई त्यहा एउटा कोदालोको डोब हान्ने अधिकार पनि छैन । त्यही भनेर हामी त्यहा विरोध कार्यक्रम गरेर पार्टीको झण्डा राखेका हौ ।
० तपाईंहरु राष्ट्रभित्र र राष्ट्र बाहिरका प्रतिक्रियावादीसाग एक साथ लड्दै आउनुभएको छ, सफलता प्राप्त गर्न सक्नु होला त ?
हामी माओवादी हौ । माओवादी पार्टी भनेको राष्ट्रिय स्वाधीनताको पहरेदार पार्टी हो । माओवादी पार्टी भनेको नेपाली जनताको जनवादी अधिकार जनवादी सत्ता र जनवादी व्यवस्था स्थापना गर्ने नेपाली जनताको प्रतिनिधि पार्टी हो । माओवादी पार्टी राष्ट्रको पहरेदार भएको नाताले राष्ट्र र राष्ट्रिय स्वाधीनताको निम्ति विगतमा देखिएका भित्री बाहिरी दलाल र प्रतिक्रियावादीहरुबाट मुक्ति चाहन्छौा । भित्र हेर्दा राष्ट्रघात गर्ने दलालहरु, बाहृय भारतीय विस्तारवादका कारण नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको छ । यसको विरुद्ध संघर्ष गर्नु माओवादी पार्टीको कर्तव्य हो ।
० अन्त्यमा आमजनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
देश धेरै अप्ठ्यारो स्थितिमा छ । देशी, विदेशी प्रतिक्रियावादी र दलालका षड्यन्त्रकरु भिन्नभिन्न ढङ्गर नयानया रुपमा आइरहेका छन् । यी षड्यन्त्रप्रति सचेत रहादै नेपाली जनताले एक पटक पूरापूर रुपमा राष्ट्रको मुक्ति र जनताको मुक्तिका निम्ति एकजुट भएर संघर्षमा उत्रनु जरुरी छ । त्यसको नेतृत्व लिन माअेवादी तयार छ ।

प्रतिक्रियाहरु