प्रधानन्यायाधीशको नेतृत्व अस्वीकार्य : बारप्रधानन्यायाधीशको नेतृत्व अस्वीकार्य : बार

२०६९ फाल्गुन १५ गते, मंगलवार

काठमाडौ, – प्रधानन्यायाधीशखिलराज रेग्मी ले देशको राजनीतिक जटिलता अन्त्यका लागि चुनावी सरकारको नेतृत्व गर्ने भनी सर्वोच्च अदालतले सोमबार जारी गरेको बिज्ञप्तीप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी कै निर्देशनमा सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जारी गरेको बिज्ञप्तीमा भनिएको छ-मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा सम्माननीय ज्यूको कुनै निजी चाहना वा आकांक्षा रहेको नभइ यो विषय बृहतर राष्ट्रिय हीत एवं सरोकारको विषय रहेको हुँदा राष्ट्रिय हीत अनुकुल देशमा उत्पन्न राजनीतिक एबं संबैधानिक जटिलताको निकासका लागि सम्माननिय प्रधानन्यायाधीश ज्यूको सकरात्मक दृष्ट्रिकोण रहीआएको छ ।बारका उपाध्यक्ष टिकाराम भट्टराईले सर्वोच्चद्वारा जारी बिज्ञप्ती स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्त बिरुद्ध भएको टिप्पणी गरे । सञ्चारकर्मीसाग प्रतिक्रिया दिंदै उनले बिज्ञप्तीको बिरोधका लागि आन्दोलनको कार्यक्रम तय गर्न भोलि १० बजे बारका पूर्व पदाधिकारी र उपत्यकाका बार ईकाई पदाधिकारीसाग संयुक्त बैठक बोलाइएको जानकारी दिए ।दलहरुले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति गरेलगत्तै बारले बिरोध जनाएको थियो । बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु शक्ति पृथकीकरणको सिद्धान्त बिपरीत र गैर संबैधानिक भएको भन्दै बारले राष्ट्रपति रावमरण यादवसमक्ष ज्ञापन पत्र बुझाइसकेको छ ।उपाधयक्ष भट्टराईले फागुत २ गते बारको कार्यसमितिले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुाने निर्णय गरेको र सो निर्णयमा बार अडिग रहेको जानकारी दिए ।

प्रतिक्रियाहरु