टेलिकमले एनजिएन सेवा सुरु गर्ने टेलिकमले एनजिएन सेवा सुरु गर्ने

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौँ । -नेपाल टेलिकमले आउँदो चैतभित्र मुलुकका ८ ठाउँमा नेक्स्ट जेनेरेसन नेर्टवर्कएनजिएन) सेवा सुरु गर्ने भएको छ । कम्पनीले राजधानीसहित वीरगन्ज, नेपालगन्ज, भैरहवालगायत ठाउँमा एनजिएनअर्न्तर्गत मल्टी र्सर्भिस एक्सेस गेटवे-एमएसएजी) सेवा सुरु गर्न लागेको हो ।’ सेवा सुरु गर्ने तीब्र रूपमा उपकरणहरू जडान भइरहेको छ,’ टेलिकम फिक्स्ड टेलिफोन लाइन सेवाका निर्देेशक भगतमान सिंह प्रधानले भने, ‘चैतदेखि ग्राहकलाई सेवा वितरण सुरु गर्नेछौं ।’ टेलिकमले चिनियाँ कम्पनी जेडटिइसँगको साझेदारीमा यो सेवा विस्तार गर्न लागेको हो । एनजिएन सेवा सुरु भएपछि ग्राहकले एउटै तारबाट भ्वाइस, डाटा र भिडियो सेवा पाउन सक्नेछन् । हाललाई भने कम्पनीले भिडियो वा टेलिभिजन सेवा दिनेछैन ।’ अहिलेलाई भ्वाइस र डाटा सेवा मात्र चलाइनेछ,’ उनले भने, ‘इन्टरनेटमा आधारित टिभी चलाउन भने तयारी हुँदैछ ।’ साधारण टेलिफोन लाइन -पिएसटिएन) एनजिएनमा परिणत भएपछि उच्च गतिको इन्टरनेट र गुणस्तरीय आवाजसहितको टेलिफोन सेवा ग्राहकले प्रयोग गर्न सक्नेछन् । एनजिएनमार्फ् वितरीत टेलिफोन चलाउन ग्राहकले पुरानै फोन सेट प्रयोग गर्न सक्नेछन् । तर, इन्टरनेट चलाउन भने मोडेम जोड्नर्ुपर्छ मोडेम जोडेर कम्प्युटरमा इन्टरनेटमार्फ् टेलिभिजनसमेत हर्ेन मिल्छ । अहिले पनि ग्राहकले एउटै तारमार्फ् सँगै टेलिफोन र इन्टरनेट चल्ने एडिएसएल सेवा प्रयोग गरिरहेका छन् । एनजिएनमा भने ग्राहकले थप सेवा र उच्च गुणस्तर पाउने प्रधानले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा कम्पनीले ८ ठाउँमा ५ हजारका दरले करिब ४० हजार टेलिफोन लाइन विस्तार गर्नेछ । यही सेवामा सहरी क्षेत्रका ग्राहकका लागि भने ब्रोडब्यान्ड इन्टरनेट पनि समेटिएको छ । यसलाई टेलिकमले ‘फाइबर टु होम -एफटिटिएच)’ प्रविधिको रूपमा विकास गर्नेछ । एनजिएन सेवा लिएका ग्राहकले इन्टरनेट प्रोटोकल -आइपी)मा आधारित कलसमेत गर्न सक्नेछन्। ‘इन्टरनेट जोडिएका संसारका जुनसुकै कम्प्युटर, स्मार्टफोनलगायतको प्रयोग गरी भिडियो कल र इन्यान्ट म्यासेज पठाउन मिल्ने सेवा यसमा थपिँदैछ,’ प्रधानले भने, ‘यो आधुनिक प्रविधि भएकाले ग्राहकले नयाँ-नयाँ सेवा पाउनेछन् ।’ एनजिएन सेवा सुरु भएपछि पछिल्लो समय आधारभूत टेलिफोनबाट मोबाइलतिर आकषिर्त ग्राहकमध्ये केही ग्राहक आधारभूत टेलिफोनमा र्फकने कम्पनीको अनुमान छ । प्रधानले एनजिएनमार्फ् दिइने सेवाको गुणस्तर राम्रो हुनुका साथै नयाँ सेवा थपिए पनि शुल्क भने हालकै कायम हुने जानकारी दिए । ‘भ्वाइसका लागि पिएसटिएन र डाटाका लागि एडिएसएलकै शुल्क हुनेछ,’ उनले भने, ‘पछि यसमा आइटी टिभी, भिडियो अन डिमाल्डलगायत सेवा थपिनेछन् ।’ टेलिकमले सन् २०१५ भित्र सबै टेलिफोन लाइनलाई इन्टरनेटमा आधारित बनाउने योजनाअनुरूप एनजिएन सेवा सुरु गरेको हो । एनजिएनको पहिलो चरणमा कुल एक लाख आधारभूत टेलिफोनलाई यो प्रविधिमा रूपान्तरण गर्ने कम्पनीको योजना छ । कम्पनीले चिनियाँ कम्पनीहरू हुवावे र जेडटिईसँग एनजिएन प्रविधि विस्तारका लागि उपकरण किन्ने सम्झौता गरेर खरिद गरिसकेको छ । कम्पनीले यो सेवा सुरु भएपछि ग्रामीण तहसम्म उच्च गतिको इन्टरनेट र टेलिभिजन पहँुच विस्तार हुने जनाएको छ । यो सेवालाई अहिले निश्चित स्थानमा सुरु गरिए पनि ७५ वटै जिल्लामा विस्तार गर्ने कम्पनीको योजना छ । गत मंसिरसम्मको तथ्यांकअनुसार टेलिकमको आधारभूत टेलिफोन प्रयोग गर्ने ग्राहकको संख्य ६ लाख ३३ हजार ३ सय ७० रहेको छ । पछिल्ला वर्षरूमा आधारभूत टेलिफोनका ग्राहक खासै बढ्न सकेका छैनन् । यो सेवा सुरु भएपछि यसमा सुधार हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु