जियोलाइट प्रविधिको खानेपानी योजनाजियोलाइट प्रविधिको खानेपानी योजना

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौँ । कञ्चनपुरको भीमदत्तनगरपालिका-१ भाँसीमा नेपालमै पहिलोपटक जियोलाइट प्रविधिको खानेपानी योजना सञ्चालनमा आउने भएको छ । पानीमा भएको क्याल्सियम न्यूनीकरण गर्नका लागि जियोलाइट प्रविधिको प्रयोग गरी खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । क्याल्सियम -चुन) ले आयोजनाका पाइपहरूमा अवरोध सिर्जना गरी आयोजना नै केही वर्षछि बन्द हुने अवस्थ सिर्जना हुन नदिन उक्त प्रविधिको प्रयोग गर्नु परेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख प्रेम डोटेलले बताए । सो प्रविधिको प्रयोग गरी खानेपानी आयोजना सञ्चालन हुन लागेको यो नेपालमै पहिलो हो उनले भने । जियोलाइट प्रविधिअर्न्तर्गत आयोजनाले निर्माण गर्ने धातुका पाँचवटा ट्याङ्कीमा पानी पठाउने व्यवस्था गर्ने र त्यसमा प्रतिदिन २०० किलो ढिके नुन हालेर पानीमा रहेको क्याल्सियम न्यूनीकरण गरी मुख्य टयाङ्कीमा पानी पर्ठाई पाइपलाइनमार्फ् उपभोक्तालाई आपर्ूर्ति गर्ने व्यवस्था मिलाइने प्रमुख डोटेलले बताए । उनका अनुसार यसरी टयाङ्कीमै क्याल्सियम न्यूनीकरण भएपछि पानीका पाइपहरू ब्लक हुने समस्या हुँदैन । ‘यो प्रविधि खर्चिलो भए पनि आयोजनालाई दर्ीघकालीनरूपमा सञ्चालन गर्न सघाउ पुर्याउने भएकाले उपभोक्ताको आग्रहमै सञ्चालन हुन लागेको हो’ उन्ले भने । एसियाली विकास बैंकको रु. ११ करोडभन्दा बढीको लगानीमा उक्त आयोजना निर्माण हुन लागेको हो । सो आयोजनाबाट एक हजार ५ सय उपभोक्ता लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु