डायरी लेख्नेको दाम्पत्य जीवन सुखमयडायरी लेख्नेको दाम्पत्य जीवन सुखमय

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौँ । नियमित रूपमा डायरी लेख्ने दम्पतीहरूको दाम्पत्य जीवन सुखमय हुनुका साथै सम्बन्ध पनि दरिलो हुने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरूका अनुसार जो श्रीमान् श्रीमती आफूहरूको विवाहपछिको जिन्दगी तथा विभिन्न घटनाक्रमहरूका बारेमा नियमित रूपमा टिपोट गरी डायरी लेख्ने गर्छन् उनीहरूको प्रेम तथा सम्बन्धबाट प्राप्त हुने सन्तुष्टिको मात्रा घट्न पाउँदैन । नर्थवेर्स्र्टन विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार सामान्यतया विवाहपछि समयक्रमसँगै महिला वा पुरुषमा पार्टर अर्थात् सम्बन्धबाट प्राप्त हुने सन्तुष्टि घट्दै जान्छ । जसले नैराश्यता, असन्तुष्टि बढाउँदै दाम्पत्य जीवनलाई निरस तथा फुटको अवस्थासम्म पुर्याउँछ । तर, नियमित आफ्नो जिन्दगी तथा वैवाहिक जीवनका विषयमा दैनिकी लेख्ने कामले सम्बन्ध तथा रोमान्स रिचार्ज गर्ने र समयक्रमसँगै घट्ने सन्तुष्टि तथा खुसीलाई घट्न नदिने शोधकर्ताहरू बताउँछन् । वर्षा कम्तिमा २१ मिनेटसम्म भए पनि दाम्पत्य जीवन तथा पार्टरसँगको सम्बन्धका विषयमा डायरी लेख्न खर्च गरियो भने त्यसले प्रेमको अनुभूतिलाई यथावत् राख्दै घट्न नदिने शोधकर्ताहरूको ठहर छ । शोधकर्ताहरूले १२० दम्पतीहरूमा अध्ययन गरी यस्तो निष्कर्षनिकालेका हुन् । त्यसक्रममा सम्बन्ध तथा जीवनका बारेमा डायरी लेख्ने दम्पतीहरूमा सन्तुष्टि तथा आत्मीयताको स्तर नघटेको पाइयो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु