सबै क्षेत्रको एउटा माग स्वाधिनताको आन्दोलन आवश्यकसबै क्षेत्रको एउटा माग स्वाधिनताको आन्दोलन आवश्यक

२०६९ फाल्गुन १२ गते, शनिबार

काठमाडौ, नेपालका बुद्धिजीवी, लेखक, राजनैतिक विश्लेषक, कानुन ब्यवसायी, राष्ट्रिय उद्योगपतिहरुले देशमा स्वाधिनताको आन्दोलन आवश्यक भएको बताएका छन् ।संघीय जनगणतान्त्रिक मोर्चाले सम्वाद डवलीमा आयोजना गरेको अन्तरसम्बादमा उनीहरुले सत्ताधारीहरुबाट यो देशको रक्षा नहुने तर्क गर्दै भनेका छन्, ‘अब देशको जिम्मा लिने देशभक्त र क्रान्तिकारी पार्टीहरुले नेतृत्व गर्न प¥यो ।’
संंघीय जनगणतान्त्रिक मोर्चाका तर्फबाट नेता परि थापाले राष्ट्रपतिलाई ज्ञापन पत्र दिएको, आन्दोलनको आहन गरेको र सोही क्रममा बुद्धिजीवीहरुको सुझाव लिन आयोजना गरेको बताउनु भयो । उहाँले सत्ताधारीहरुले आत्मसमपर्ण गरेकाले देशको भविश्य खतरामा परेको दावी गर्दै भन्नुभयो, ‘हामीहरु राष्ट्रियता, स्वाधिनता र अग्रगमनका पक्षमा छौ । हाम्रा आगामी कार्यक्रमहरु बृहत पार्दै जानेछौ ।’
प्रा.डा. सुरेन्द्र केसीले देशमा ब्याख्याभन्दा परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । ‘संघर्षमा गुमाएकाहरुले संविधानसभाबाट नयाँ संविधान बन्छ कि भन्ने लागेको थियो तर त्यसैलाई एमाओवादीले विघटन गराई दिए’ उहाँले भन्नुभयो, ‘स्वाधिनताको आन्दोलन गर्दा आत्मनिर्भर हुने कुरामा पनि विचार पु¥याउन आवश्यक छ ।’
प्रधानमन्त्री हुने हैसियत नभएका बाबुरामलाई प्रधानमन्त्री बनाएकोमा नेताहरुको आलोचना गर्दै डा. केसीले भन्नुभयो, ‘सुट लगाएर मात्र, पढेर मात्र हुँदैन ।’ उहाँले बेरोजगारको मार खेपीरहेका नेपाली युवाहरुको विश्वभरी बेइजोग भोगीरहेको चर्चा गर्नुभयो । उहाँले स्वाधिनताको विषयमा सोच्ने बेला आएको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण माबुहाङले चार दलले मिलिजुली गर्ने गर्ने प्रक्रिया राजा ज्ञानेन्द्रकै शैली भएको बताउनुभयो । उहाँको तर्क छ, ‘अरु दलहरुलाई वेवास्ता गर्नुको कारण पनि यही हुनु पर्दछ ।’ उहाँले सर्बोच्चका प्रधानन्यायधिसकै विवादित निर्णय गरेर संविधान सभा विघटन गराउनेलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु देशलाई देशको माया नहुनेले गर्ने प्रस्ताव भएको बताउनुभयो । ‘यसैले राष्ट्र, राष्ट्रवाद र राष्ट्रिय रक्षाको लागि सोच्ने बेला आएको छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय उद्योगी कुमार थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निकै प्रस्ताव राख्ने नेता भएपनि उहाँको बोली फेर्ने मनोरोगी भएकाले उहाँको उपचार गर्ने बेला आएको बताउनुभयो । उहाँले सो उपचार खर्च आफुले बेहोर्ने बताउँदै उहाँले ब्यङ्ग्य गर्दै अगाडि भन्नुभयो, ‘हामी उद्योगीहरु उद्योग बन्द गर्ने अवस्थामा छौ, प्रचण्डजीसँग धन छैन, आलिसान घर पनि छैन ।’ उद्योगी थापाले जनतालाई धोका दिएको बताउँदै भन्नुभयो, ‘प्रचण्ड–बाबुरामलाई टुडिखेलमा काम समातेर माफी माग्ने बेला आउँछ ।’ उहाँको भनाई छ, ‘हामी राष्ट्र बचाउन तपाईहरुसँग एक्यबद्धता जनाउदछौ ।’
राजनीतिक विश्लेषक मुमाराम खनालले पार्टीको आन्तरिक संगठनहरुमा लोकतान्त्रिक ब्यबहार हुन्न भने त्यहाँ लोकतान्त्रिक चरित्र नपाइने बताउनु भयो । उहाँले बचेखुचेको लोकतान्त्रिक चरित्र पनि संविधानसभा विघटन हुँदै सिखलराज नेतृत्वको सरकारको कुरो आउनु भएको बताउनुभयो । संघर्ष बाहेक अर्को बाटो नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘गैरराजनीतिक गतिविधिमा जब दलहरु लाग्छन्, तब निर्दलियता रोज्न थालिएको छ, यसको विकल्प रोज्नु पर्छ ।’ प्रधानन्त्री भारतीय कर्मचारीको इसारामा चलेकोमा आपत्ति जनाउँदै खनालले भन्नुभयो, ‘अहिले भुलभुलैयामा सरकार, पार्टी चलिरहेको छ ।’ उहाँको विचारमा जनताको अधिकार सबभन्दा ठुलो पार्टी भन्ने एमाओवादीले अपहरण गरेको छ ।
डा. उपेन्द्र यादवले नेपालीहरु राष्ट्रिय राजनीति बहकाउमा रहेको बताउनुभयो । उहाँले संसार चलाउन हिममत गर्ने मान्छेहरु कागको पछि लागेको दावी गर्दै भन्नुभयो, ‘यहाँ मुर्खहरुले हामलिाई पटमुर्ख बनाउन खोज्दैछन् ।’ प्रधानमन्त्री भट्टराईको नाम उल्लेख नगरी उहाँले भन्नुभयो, ‘नालायक सरकार कति दिन चलाउँछौ ?’ उहाँले संविधान सभा विघटन गरेदेखि देशमा समस्या थपिएको दावी गर्नुभयो र भन्नुभयो, ‘यिनीहरुमा राष्ट्रका लागि त्याग गर्ने कुरा छैन ।’
डा. देवकोटाको विचारमा अहिले चार दलले हिजडा उपाय निकालेको हो । अब जनताको आन्दोलनले मात्र वर्तमान सरकार फाल्न सकिन्छ । त्यसलाई राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गरिनु पर्दछ । ‘यनकै कारण विदेसी राजदुतहरु भाइसराय हुन पुगेका छन्’ उहाँले भन्नुभयो ।
प्रा. माणिकलाल श्रेष्ठले अन्तरिम संविधान अनुसार वहालवाला प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बन्ने कल्पनै नगरेको बताउनु भयो । अहिले पुरानो नेपाललाई नयाँ नेपाल बनाउने बेला भएको बताउँदै उहाँले भन्नुभयो, ‘यहाँ जनवाद र साम्यवाद नआई जनताको समस्या समाधान हुनेवाला छैन ।’ उहाँले चार दलको प्रस्ताव अनैतिक र असंवैधानिक भएको चर्चा गर्नुभयो ।
डा.रामकेबल शाहले वर्तमान सरकारले पुरानो सत्ताको निरन्तरता दिन असंवैधानिक काम चलाउन खोजिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधानसभा पुर्नस्थापना भए मात्र लिगमा आउन सक्छ ।’ उहाँको भनाई छ, ‘असंवैधानिक कार्य जारी रहन्छ भने जनताले सडकबाट जनताले फैसला गर्न सक्छन् ।’ उहाँको बुझाईमा जनताले गोलमेचबाट वा सडकबाट फैसला गर्नेछन् ।
डा. गोपाल सिवाकोटी ‘चिन्तन’ राष्ट्रिय स्वाधिनताको रक्षाको कुरा गर्दा सोझै विदेसी हस्तक्षेपको सवाललाई बुझ्न थालिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विभिन्न विज्ञका नाममा प्रधानमन्त्रीले जे गर्दा पनि हुन्छ भनेर हुँदैन ।’ बृहत शान्ति सम्झौताको आधारमा तय गरेका प्रावधान मात्र होइन, नेपालकै ठेगान नरहने स्थिति निर्माण भएको बताउँदै उहाँले भन्नुभयो, ‘यो सब चार दलको सिण्डिकेटले भएको छ ।’ उहाँको विचारमा ३२ पार्टीमा संविधानसभा विघटन भएको अवस्थामा चार दलको चलखेल हुनुलाई असंवैधानिक र अराजनीतिक मानिन्छ । उहाँले गोलमेच सम्मेलनको आवश्यकतामाथि जोड दिदै प्रधानन्यायधिसकै फैसलाको दलिल पेश गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो नौटकी मात्र हो ।’
पूर्व वार अध्यक्ष हरिहर दाहालले प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार हुनै नसक्ने बताउनु भयो । उहाँले भुटानको निरंकुश राजतन्त्रको उदाहरण दिदै यहाँ यस्तो गर्न सकिन्छ भन्नु गलत भएको बताउनु भयो । उहाँले हुँदै नभएको अधिकार प्रयोग गर्ने चलन स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँको तर्क छ, ‘बाबुराम भट्टराईले जे मन लाग्यो त्यही गर्न खोज्दै हुनुहुन्छ ।’
अन्तर सम्वादमा सहभागीहरुले देशमा आफुलाई प्रमुख दको रुपमा दावी गर्ने नेताहरुले दलाली गरिरहेकाले उनीहरुलाई महाअभियोग लगाएर जेल कोच्ने बेला आएको दावी गरेका थिए । उनीहरुले भने, ‘मोर्चाले अर्को आन्दोलनको घोषणा गर्न ढिलाई गर्न हुँदैन ।’- दिपेन्द्र रावल

प्रतिक्रियाहरु