चीन घेर्ने रणनीति : वैद्य चीन घेर्ने रणनीति : वैद्य

२०६९ फाल्गुन ११ गते, शुक्रबार

काठमाडौ, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चीनलाई घेर्ने रणनीति अनुसार नेपालमा बैदेशिक चलखेल बढेको दावी गरेका छन। अखिल नेपाल लेखक संघले राजधानीको सम्वाद डवलीमा आयोजित डा. राजन पोखरेलद्वारा लिखित पुस्तक परिचर्चा तथा हस्तान्तरण कार्यक्रममा सो दाबी गरेका हुन् हो । उनले भने , ‘साम्राज्यवादी र विस्तारवादी योजना अनुसार नेपालमा राजनैतिक अस्थिरता निम्तिएको छ ।’ उनले भने, ‘स्थिति धेरै गम्भिर बनेर गयो ।’‘एउटा संसदीय ब्यवस्था पुरै असफल हुँदैछ, उनीहरु पनि दलभन्दा निर्दल रोज्न खोज्नुले पनि यो कुरा प्रमाणित हुन्छ’ उनले अगाडि भने , ‘दोस्रो, यति ठूलो शहादत प्राप्त गरी आउँदा पनि जनताको जनवाद आउन सकेको छैन ।’यो खाली ठाउँ केले भर्ने ? भन्दै उनले तर्क गरे , ‘प्रतिक्रियावादीहरु निरंकुशता र निर्दलीयताले भर्न खोज्दैछन् । देशमा फेरि पनि फासिवादी अभ्यास गर्न खोज्दैछन् तर हामीहरु गोलमेच सभाबाट हल निकालौ भन्दैछौ ।’ अध्यक्ष किरणको थप भनाई छ, ‘यति भन्दा पनि उनीहरु सुन्दैनन् भने सडकले छिनोफानो गर्नेछ ।’ नेपालको राजनीति नेपथ्यवाट चलिरहेको दावी गर्दै उनले भने, ‘सबै चिज नाङ्गै तरिकाले आएका छन् । काँग्रेस र एमालेका नेताहरु पनि अचम्म परेको देख्छौ । त्यहाँ पनि एकमत छैनन् ।’ ‘प्रचण्डजीले भनेको सुत्र पनि नेपालको राष्ट्रिय अस्मिता निमिट्यानन पार्ने अभ्यास भई रहेको पाइयो भन्दै उनले भने, ‘व्यवस्थापिका नभएको बेला कार्यपालिका र न्यायपालिका एकै ब्यक्तिमा हुने कुरा स्वीकार गर्न लायक छैन ।’ उनले ६०१ जना सभासद्लाई अवज्ञा गर्नेहरुले फेरि संविधानसभाको चुनाव चाहनु र होला भनेर विश्वास गर्न नसकिने दावी गरे । उनको भनाई छ, ‘यसैले हामीले आन्दोलनको आह्वान गरेका छौ ।’ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले लेखक राजन पोखरेलका कृतिहरुले विश्वको सामु नेपाली जनयुद्धलाई पु¥याउने कार्य सह्रानिय काम भएको बताए । ‘यसमा प्रयोग भएका भाषा र प्रकाशकको चर्चा सुन्दा समाजवादी यथार्थवादमा आधारित छ कि छैन भनेर हेर्नै पर्ने उत्कण्ठा जागेको ’उनले बताए ।प्रा. सुरेश आलेमगरले रिवेल अफ द माउण्टेनले नेपाली क्रान्तिको रिपोटार्जजस्तै लागेको बताए । उनले , ‘यसले नेपाली क्रान्तिलाई अन्तर्राष्ट्रियकरण गर्न सघाएको छ ।’ यसले तीन देशलाई छोएको प्रसंग चर्चा गर्दै विषयवस्तु नेपाल, लेखन क्यानडा र प्रकाशन अमेरिकामा भएको पनि बताए । उनको विचारमा साहित्यका माध्यमबाट नेपाल कम्युनिष्ट पार्टीको सानो इतिहास भएपनि सार्वजनिक भएको छ ।प्रा.डा.श्रीधर गौतमले लेखक पोखरेल उद्देश्यसहित लेख्ने लेखकको रुपमा देखा परेको बताउँदै , ‘उनका रचनाहरुले कलाद्वारा समाजको सेवा भएको छ ।’ उनले रिवेल अफ माउण्टेनमा राजनैतिक विचार बढी अभिब्यक्त गरेको बताउँदै भने , ‘लेखकका विचार आएका छन् ।’ गौतमको विचारमा लेखकले क्रान्ति पुरा नभएको आशय ब्यक्त गरेको पाइन्छ । ‘यस लेखनले अन्तर्राष्ट्रिय दायित्व पुरा गरेको छ’ भन्दै गौतमले भने , ‘उहाँको लेखनमा ब्याख्या भन्दा बदल्ने कुरामा जोड दिइएको पाइएको छ, ढुक्क भएर यस्ता विचार ब्यक्त गर्नु ठुलो कुरा हो ।’यस्तै जनसाँस्कृतिक महासंघका संयोजक ईश्वरचन्द्र ज्ञवालीले लेखकको ब्यक्तित्वको चर्चा गरे । उनले लेखकसँगको सहकार्यको चर्चा गर्दै नेपाली जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गरे । ‘यो यात्रा जारी रहोस्’ उनको थप भनाई छ ।लेखक राजन पोखरेलले आफ्ना तीन कृति अमेरिकामा प्रकाशित भएको र सो कृतिले नेपाली क्रान्तिको अन्तर्राष्ट्रियकरण गर्न सघाएको बताए । ‘नेपाली क्रान्तिलाई चिनाउने लेखकहरुको एउटा टिम बनाउन जरुरी छ’ लेखक पोखरे अगाडि भने , ‘यस तर्फ नेपालका लेखकहरुले सोच्न पर्दछ । किनकि अन्तर्राष्ट्रिय रुपमा भारत र पाकिस्तानका केही लेखकको मात्र पढाई भएको पाइयो ।’

काठमाडौ, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चीनलाई घेर्ने रणनीति अनुसार नेपालमा बैदेशिक चलखेल बढेको दावी गरेका छन। अखिल नेपाल लेखक संघको सम्वाद डवलीमा आयोजित डा. राजन पोखरेलद्वारा लिखित पुस्तक परिचर्चा तथा हस्तान्तरण कार्यक्रममा सो दाबी गरेका हुन् । उनले भने , ‘साम्राज्यवादी र विस्तारवादी योजना अनुसार नेपालमा राजनैतिक अस्थिरता निम्तिएको छ । स्थिति धेरै गम्भिर बनेर गयो ।’‘एउटा संसदीय ब्यवस्था पुरै असफल हुँदैछ, उनीहरु पनि दलभन्दा निर्दल रोज्न खोज्नुले पनि यो कुरा प्रमाणित हुन्छ’ उनले अगाडि भने , ‘दोस्रो, यति ठूलो शहादत प्राप्त गरी आउँदा पनि जनताको जनवाद आउन सकेको छैन ।’यो खाली ठाउँ केले भर्ने ? भन्दै उनले तर्क गरे , ‘प्रतिक्रियावादीहरु निरंकुशता र निर्दलीयताले भर्न खोज्दैछन् । देशमा फेरि पनि फासिवादी अभ्यास गर्न खोज्दैछन् तर हामीहरु गोलमेच सभाबाट हल निकालौ भन्दैछौ ।यति भन्दा पनि उनीहरु सुन्दैनन् भने सडकले छिनोफानो गर्नेछ ’ उनले भने।
नेपालको राजनीति नेपथ्यवाट चलिरहेको दावी गर्दै उनले भने, ‘सबै चिज नाङ्गै तरिकाले आएका छन् । काँग्रेस र एमालेका नेताहरु पनि अचम्म परेको देख्छौ । त्यहाँ पनि एकमत छैनन् ।’ ‘प्रचण्डजीले भनेको सुत्र पनि नेपालको राष्ट्रिय अस्मिता निमिट्यानन पार्ने अभ्यास भई रहेको पाइयो भन्दै उनले भने, ‘व्यवस्थापिका नभएको बेला कार्यपालिका र न्यायपालिका एकै ब्यक्तिमा हुने कुरा स्वीकार गर्न लायक छैन ।’ उनले ६०१ जना सभासद्लाई अवज्ञा गर्नेहरुले फेरि संविधानसभाको चुनाव चाहनु र होला भनेर विश्वास गर्न नसकिने दावी गरे । उनको भनाई छ, ‘यसैले हामीले आन्दोलनको आह्वान गरेका छौ ।’
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले लेखक राजन पोखरेलका कृतिहरुले विश्वको सामु नेपाली जनयुद्धलाई पु¥याउने कार्य सह्रानिय काम भएको बताए । ‘यसमा प्रयोग भएका भाषा र प्रकाशकको चर्चा सुन्दा समाजवादी यथार्थवादमा आधारित छ कि छैन भनेर हेर्नै पर्ने उत्कण्ठा जागेको ’उनले बताए ।
प्रा. सुरेश आलेमगरले रिवेल अफ द माउण्टेनले नेपाली क्रान्तिको रिपोटार्जजस्तै लागेको बताए । उनले , ‘यसले नेपाली क्रान्तिलाई अन्तर्राष्ट्रियकरण गर्न सघाएको छ ।’ यसले तीन देशलाई छोएको प्रसंग चर्चा गर्दै विषयवस्तु नेपाल, लेखन क्यानडा र प्रकाशन अमेरिकामा भएको पनि बताए । उनको विचारमा साहित्यका माध्यमबाट नेपाल कम्युनिष्ट पार्टीको सानो इतिहास भएपनि सार्वजनिक भएको छ ।प्रा.डा.श्रीधर गौतमले लेखक पोखरेल उद्देश्यसहित लेख्ने लेखकको रुपमा देखा परेको बताउँदै , ‘उनका रचनाहरुले कलाद्वारा समाजको सेवा भएको छ ।’ उनले रिवेल अफ माउण्टेनमा राजनैतिक विचार बढी अभिब्यक्त गरेको बताउँदै भने , ‘लेखकका विचार आएका छन् ।’ गौतमको विचारमा लेखकले क्रान्ति पुरा नभएको आशय ब्यक्त गरेको पाइन्छ । ‘यस लेखनले अन्तर्राष्ट्रिय दायित्व पुरा गरेको छ’ भन्दै गौतमले भने , ‘उहाँको लेखनमा ब्याख्या भन्दा बदल्ने कुरामा जोड दिइएको पाइएको छ, ढुक्क भएर यस्ता विचार ब्यक्त गर्नु ठुलो कुरा हो ।’यस्तै जनसाँस्कृतिक महासंघका संयोजक ईश्वरचन्द्र ज्ञवालीले लेखकको ब्यक्तित्वको चर्चा गरे । उनले लेखकसँगको सहकार्यको चर्चा गर्दै नेपाली जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गरे । ‘यो यात्रा जारी रहोस्’ उनको थप भनाई छ ।लेखक राजन पोखरेलले आफ्ना तीन कृति अमेरिकामा प्रकाशित भएको र सो कृतिले नेपाली क्रान्तिको अन्तर्राष्ट्रियकरण गर्न सघाएको बताए । ‘नेपाली क्रान्तिलाई चिनाउने लेखकहरुको एउटा टिम बनाउन जरुरी छ’ लेखक पोखरे अगाडि भने , ‘यस तर्फ नेपालका लेखकहरुले सोच्न पर्दछ । किनकि अन्तर्राष्ट्रिय रुपमा भारत र पाकिस्तानका केही लेखकको मात्र पढाई भएको पाइयो ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु