प्रधानन्यायाधीशलाई सरकार प्रमुखमा ल्याउन बाह्य शक्तिको चलखेल : किरणप्रधानन्यायाधीशलाई सरकार प्रमुखमा ल्याउन बाह्य शक्तिको चलखेल : किरण

२०६९ फाल्गुन ९ गते, बुधबार

काठमाडौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा गठन गर्न लागेको सरकार अन्तरिम संविधानको मर्म बाहिर भएकाले आफ्नो दलले स्वीकार नगर्ने बताएका छन । सम्वाद डबलीले गरेको साक्षात्कारमा अध्यक्ष ‘किरण’ले न्यायापालिकाको प्रमुखलाई कार्यपालिकाको नेतृत्व सुम्पिए शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने र निर्दलिय व्यवस्था शुरु हुने दावी गरे। प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने सहमतिले संसदीय व्यवस्था पुनः असफल प्रमाणित भएको भन्दै उनले भने-’युरोपियन युनियन, अमेरिका र भारतको निर्देशनमा प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन खोजेर नेपालमा साम्राज्यवादी वहुदलीय व्यवस्था लागू भएको गर्न खोजिँदैछ ।’ साक्षात्कार कार्यक्रममा अध्यक्ष ‘किरण’ले मुलुकको वर्तमान अवस्था अत्यन्त गम्भीर रहेको औँल्याउँदै प्रधानन्यायाधीशलाई सरकार प्रमुखमा ल्याउन बाह्य शक्तिको चलखेल रहेको बताए ।
अध्यक्ष वैद्यले मुलुकमा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाई राष्ट्रियता, जनमत, वर्गीय, क्षेत्रीय तथा जातीय पहिचानसहितको सङ्घीयताबाट निकास निकाल्न सकिने औँल्याउदै यसका लागि वर्तमान सरकार हट्नुपर्ने बताए ।
उनले संविधानसभा विघटन गर्ने तीन दलका नेताहरुलाई सरकार गठनका लागि राष्ट्रपतिले सल्लाह गर्नु गलत भएको बताउँदै नयाँ जनवादी गणतन्त्र स्थापना गर्न आफ्नो पार्टी सडक आन्दोलनमा जाने घोषणा गरे ।
अध्यक्ष वैद्यले राष्ट्रपतिले प्रमुख राजनीतिक दलका नेताहरुलाई मात्र बोलाई वर्तमान सङ्कट समाधान गर्न अपनाउनुभएको गलत प्रक्रियाविरुद्ध राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकोसमेत जानकारी दिए ।

प्रतिक्रियाहरु