रेग्मीले चार दलका नेतालाई नभेट्नेरेग्मीले चार दलका नेतालाई नभेट्ने

२०६९ फाल्गुन ९ गते, बुधबार

काठमाडौं, प्रधानन्यायाधीश खिलराज रेग्मीले चार दलका नेतालाई नभेट्ने भएका छन् । चार दलका शीर्ष नेताहरु आफूसँग सरकार गठनका लागि गरेको सहमतिबारे छलफल गर्न भेट गर्न आउने भएपछि रेग्मीले सर्वोच्च अदालतमा परेको मुद्दाको टुंगो लागोस् भन्ने जवाफ दिएका छन् । दलहरुले भने प्रधान न्यायाधीश रेग्मीलाई भेटेर चुनावी सरकारको नेतृत्व गरिदिन औपचारिक प्रस्ताव राख्ने तयारी गरेका थिए । प्रधान न्यायाधीशबाट त्यस्तो जवाफ पाएपछि नेताहरुले भने चार दलीय कार्यदलले पेश गरेको प्रस्तावमा रहेका विवादित विषय टुंग्याउन राष्ट्रपति भवन शितल निवासमा छलफल गर्ने तयारीमा छन् ।यसअघि हिजो प्रधान न्यायाधीश रेग्मीले सहमतिको भाषा र सरकार गठन सम्बन्धमा बाहिर आएका टिप्पणी, सबै दलहरुबाट निर्वाचनमा जाने प्रतिवद्धता खोजेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु