माओवादी सहितका ५ दलद्वारा आन्दोलनको घोषणामाओवादी सहितका ५ दलद्वारा आन्दोलनको घोषणा

२०६९ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं,– प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमतिको विरोध गरिरहेका नेकपा माओवादी सहितका ५ दलले त्यसविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । काठमाडौंको रत्नपार्कमा भएको सभामा ५ दलले मुख्य दलको निर्णय विरुद्ध आन्दोलन घोषणा गरेका हुन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका केही दलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति गरेको विरोधमा बुधबार दिउसो राष्ट्रपतिलाई विरोध पत्र बुझाउने तय भएको नेकपा माओवादीले जनाएको छ ।दिउसो र्याुली सहित गएर विरोध पत्र बुझाउने र बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने माओवादीले बताएको छ ।यसैबीच ,नेकपा–माओवादीले आयोजना गरेको नेपाल बन्दको कार्यक्रम समापनको अवसरमा शान्ति बाटिकामा आयोजित कार्यक्रममा माओवादीका नेता तथा कार्यकर्ताले अन्तरिम संविधान र राष्ट्रिय स्वाधीनता विरोधी भएको भन्दै नौबुँदेसहमतिपत्र जलाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका सचिव देव गुरुङले विदेशीको इशारामा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न लागिएको बताउदै दलहरूबीच भएको सो सहमति अन्तरिम संविधानविपरीत र राष्ट्रघाती भएको बताए ।दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइ र प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनविरुद्धको आफूहरूको आन्दोलन निरन्तर जारी रहने जानकारी उनले दिए ।
उनले भने, “शान्ति सम्झौतामा जनयुद्वकालीन मुद्दाहरू फिर्ता लिने र सो विषयलाई टुङ्ग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने उल्लेख छ, अन्तरिम संविधानको धारा १४७ मा सो सम्झौतालाई संविधानको एक भाग हुनेछ भन्ने लेखिएको छ, त्यसकारण जनयुद्धकालीन मुद्दा कोही कसैलाई लगाउन मिल्दैन ।”
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका संयोजक मातृका यादवले चार दलको पछि लागेर प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न खोजे आन्दोलनका माध्यमबाट उहाँको दुवै पद खोसिदिने चेतावनी दिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मणि थापाले राष्ट्रवादी र राष्ट्रिय आत्मसर्मपणवादीबीच अहिले निर्णायक लडाई भइरहेको उल्लेख गर्दै सो लडाईमा राष्ट्रवादीकै जित हुने उद्घोष गरे ।
नेकपा(एकीकृत)का नेता परि थापाले संविधानसभाको हत्या गर्नेहरूले नै अहिले फेरि संविधानसभाको चुनाव गराउने जिम्मा दिनु विडम्बना भएको बताए ।
पत्रकार युवराज घिमिरेले क्रान्तिकारी शक्ति दलालमा परिणत भएपछि मुलुकको स्वाभिमान र स्वतन्त्रता सङ्कटमा पर्न लागेको बताउँदै प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न दलहरूसँग वार्ता गर्दै हिड्नुले न्यायपालिकाको मर्यादा उल्लङ्घन भएको टिप्पणी गरे।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु