थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्ने थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्ने

२०६९ फाल्गुन ८ गते, मंगलवार

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले ‘मेन इनलेट भल्ब’मा समस्या देखिएपछि मर्मतका लागि विद्युत गृह बन्द गर्ने भएको छ । मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको विद्युतगृह ८ दिन पूर्णरुपमा बन्द गरिने भएको छ । ‘मेन इनलेट भल्ब’ मर्मत गर्न प्राधिकरणले आगामी फागुन १८ गतेदेखि विद्युतगृह बन्द गर्ने तयारी गरेको छ । विद्युतगृह गत बर्षनै मर्मत गर्न केन्द्रका इन्जिनियरहरुले सुझाव दिएका थिए र बढ्दो लोडसेडिङलाई मध्यनजर गर्दै मर्मत नगरिएको आयोजनाकै इन्जिनियरहरुले बताएका छन् ।उक्त आयोजना बन्द हुँदा लोडसेडिङ थप चार घण्टासम्म लोडसेडिङ थपिन सक्ने विद्युत व्यापार विभागका निर्देशकसमेत रहेका प्रवक्ता शेरसिंह भाटले बताएका छन् ।

प्रतिक्रियाहरु