मसाल जुलुशमा प्रहरी दमन मसाल जुलुशमा प्रहरी दमन

२०६९ फाल्गुन ७ गते, सोमबार

काठमाडौ-नेपाल बन्दको पूर्व सन्ध्यामा झापामा निकालिएको मसाल जुलुसमा प्रहरीले दमन गरेको छ ।प्रहरीको उक्त दमनको बिरोध गर्दै नेकपा – माओबादी जिल्ला समिती झापाका इन्चाज हिक्मत र सेक्रेटरी सञ्चार नेम्वाङले एक प्रेस बिज्ञाप्ती निकाली उक्त कार्यको घोर बिरोध जनाएका छन । उक्त प्रेस बिज्ञाप्तीको पुर्ण बिबारण यस प्रकार छ – देश असाध्यै पेचिलो अवस्थाबाट गुजि्ररहेको छ । मुख्य राजनीतिक दलका मुख्य नेताहरु मुलुकको राजनीतिलाई स्वाधीनतापूर्वक निकास दिनुको सट्टा विदेशी तथा दक्षिणपन्थी शक्तिहरुको आड-भरोसा र इसारामा गैरराजनीतिक नेतृत्वबाट राजनीतिक समस्याको निकास खोज्ने गैरजिम्मेवार प्रयत्न गरिरहेका छन् । अर्कोतिर जनयुद्धकालीन मुद्दाहरु ब्युाताउादै बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानको खिल्ली उडाउने काम गरिरहेका छन् ।
यसै सन्दर्भमा हाम्रो पार्टीले जनयुद्धकालीन मुद्दा खारेज गर्नुपर्ने, दैलेखका राजबन्दी रिहा गर्नुपर्ने माग राखी फागुन ८ गते नेपाल बन्दको कार्यक्रम आहृवान गरेको छ । बन्द आह्वान गर्दै लोकतान्त्रिक अधिकारको उपयोग गर्दै निकालिएको मसाल जुलुशमा झापाको मुक्ति चोकमा प्रहरी प्रशासनद्वारा निर्मम दमन गरिएको छ । उक्त हर्कतप्रति आपत्ति प्रकट गर्दै जनताको लोकतान्त्रिक अधिकार हनन् नगर्न प्रहरी प्रशासनलाई सचेत गराउन चाहन्छौ । प्रहरी दमनबाट घाइते हाम्रो पार्टीका जिल्ला समिति सदस्यद्वय क. पृथ्वी न्यौपाने र क. श्री सिटौलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु