प्रधानन्यायाधीश नेतृत्वको सरकार भारतको निर्देशनमा: गुरुङप्रधानन्यायाधीश नेतृत्वको सरकार भारतको निर्देशनमा: गुरुङ

२०६९ फाल्गुन ७ गते, सोमबार

काठमाडौ- नेपाल बन्दको पुर्व सन्ध्यामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा-माओवादी सचिव देव गुरुङले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार भारतको निर्देशनमा गठन हुन लागेको बताएका छन् ।सविच गुरुङले भने, ‘भारतीय विस्तारवादका पृष्ठपोषक असफल भएपछि, चुनावी सरकारको नाममा अर्को राष्ट्रघाती सरकार बन्दै छ ।’ गैर राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाएर चार राजनीतिक दलले आफ्नो असक्षमता प्रकट गरेको उनले बताए । न्यायालय र सरकार प्रमुख उहीं व्यक्ति हुन नसक्ने दाबी गर्दै उनले त्यसले मुलुकलाई निकास नदिई झन संकटतिर उन्मुख गराएको बताए । चार राजनीतिक दलको सिडिन्केटले मुलकुलाई निकास नदिने उनले दाबी गरे । प्रधानन्यायाधीश नेतृत्वको सरकारले पनि कुनै निकास नदिने उनले ठोकुवा गरे । यो एकमात्र प्रमाण हो, दलहरु असक्षम भए, त्यसकारण प्रधानन्याधीशले पनि केह गर्न सक्नेवाला छैनन, खाली भारतको गोठ्ठीमात्र हो उनले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु