भोलि नेपाल बन्दभोलि नेपाल बन्द

२०६९ फाल्गुन ७ गते, सोमबार

काठमाण्डौं , फागुन ८ गतेको नेपाल बन्दको सन्दर्भ परिवर्तन गरिएको नेकपा—माओवादीले बताएको छ । दैलेखका राजबन्दी रिहाई र युद्धकालीन मुद्दाहरुको खारेजीको विषयलाई लिएर आयोजना गरिएकोमा हाल देशमा विकसित राजनैतिक अन्य घटना क्रमहरुलाई समेत जोडेर सो बन्दको आयोजना गर्न लागेको माओवादीले बताएको छ । दैलेख घटनाका राजवन्दी रिहाई, युद्धकालीन मुद्दाहरुको खारेजीका साथै सरकार गठनमा वैदेशिक हस्तक्षेपको विरोध, राष्ट्रिय स्वाधीनता विपरित असंवैधानिक र निर्दलीय सरकार गठनको विरोध, वर्तमान राष्ट्रघाती सरकारको राजीनामा, राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको सुनिश्चितताका विषयहरुमा पनि बन्दको कार्यक्रमलाई केन्द्रित गर्ने निर्णय गरेको आज एक प्रेस वक्तव्य निकालेर जानकारी गराएको छ । वक्तव्यको पूर्णपाठ यस प्रकार छ- ‘ फागुन ८ गतेको नेपाल बन्द सफल पारौं ! राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !!
हाम्रो पार्टीद्वारा आयोजित यही फागुन ८ गतेको नेपाल बन्द दैलेखको राजबन्दी रिहाई र युद्धकालीन मुद्दाहरुको खारेजीको विषयलाई लिएर आयोजना गरिएकोमा परिवर्तित सन्दर्भ अनुसार ती विषयहरुका साथै आन्दोलनको विषयवस्तुमा सरकार गठनमा वैदेशिक हस्तक्षेपको विरोध, राष्ट्रिय स्वाधीनता विपरित असंवैधानिक र निर्दलीय सरकार गठनको विरोध, वर्तमान राष्ट्रघाती सरकारको राजीनामा, राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको सुनिश्चितताका विषयहरुमा पनि बन्दको कार्यक्रमलाई केन्द्रित गर्ने निश्चित गरिएको व्यहोरा सबैमा अनुरोध गर्न चाहन्छौं ।
आन्दोलनका नाराहरु
ज्ञ) सरकार गठनमा वैदेशिक हस्तक्षेप — बन्द गर !
द्द) वर्तमान राष्ट्रघाती सरकार — राजिनामा दे !
घ) दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकारको — गठन गरौं !
द्ध) जनताको संघीय गणतन्त्रन्तात्मक संविधान निर्माणको — सुनिश्चित गरौं !
छ) दैलेखका राजबन्दीहरु — रिहा गर !
ट) युद्धकालीन मुद्दाहरु — खारेज गर !
ठ) असंवैधानिक तथा निर्दलीय सरकार — चाहिंदैन !
ड) राष्ट्रिय स्वाधीनताको — रक्षा गरौं !
ढ) राष्ट्रिय आत्मसमर्पणवाद — मुर्दावाद !
ज्ञण्) सम्पूर्ण वामपन्थी, देशभक्त र गणतन्त्रवादी शक्तिहरु — एक हौं !
बन्द कार्यक्रमको स्वरुप
बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म आम हड्ताल गर्ने ।
सम्पूर्ण बजार बन्द गर्ने ।
सम्पूर्ण कलकारखानाहरु बन्द गर्ने ।
सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने ।
सम्पूर्ण यातायात बन्द गर्ने । तर यातायात तर्फ एम्बुलेन्स, हस्पिटलको गाडी, रेडक्रसको गाडी, शव वाहन, दुध, पानी र फोहोर बोक्ने गाडी, विवाहको गाडी, प्रेसको गाडी, मानव अधिकारको गाडी र कुटनीतिक नियोगका गाडीहरु भने रोकिने छैन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु