राजनीतिक दलहरुको औचित्य समाप्तः बादलराजनीतिक दलहरुको औचित्य समाप्तः बादल

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौं । नेकपा-माआवबादीका महासचिव रामबहादुर थापा ‘बादल’ले प्रमुख दलहरुबीच प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमतिले राजनीतिक दलको औचित्य समाप्त भएको बताएका छन । ‘प्रधान न्यायाधीसको नेतृत्वमा चुनावी सरकार गठन गर्नु गैर संवैधानिक छ,’ बाँकेको खजुरामा कार्यकर्तालाई परिक्षण दिंदै पार्टीका महासचिव बादलले भने,’प्रमुख दलले फेरि पनि नेपाली जनतालाई धोका दिएका छन् ।’ उनले सत्ता र स्वार्थका लागि प्रमुख दलले संविधान विपरित सहमति गरेको जिकिर गरे ।    ‘प्रमुख दलहरु संवैधानिक तरिकाले होइन, दक्षिणपन्थीको दबावमा प्रधान न्यायाधीसको नेतृत्वमा चुनावी सरकार गठनका लागि सहमति गरेका हुन्,’ महासचिव बादलले प्रशिक्षणका क्रममा भने,’उक्त सहमतिले राजनीतिक दलले आफ्नै औचित्य समाप्त गरेका छन् ।’उनले उक्त सहमतिले देशमा संकट चुलिने भन्दै दलहरुले समाधान खोज्नुको साटो देशलाई अस्थिरतातिर लागिरहेको जनाए ।     ‘पछिल्लो सहमतिले देशमा थप अस्थिरता आएको छ,’ महासचिव बादलले भने । 

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु