टेलिकमले अत्याधुनिक उपकरण सञ्चालनमा ल्याउनेटेलिकमले अत्याधुनिक उपकरण सञ्चालनमा ल्याउने

२०६९ फाल्गुन ६ गते, आईतवार

काठमाडौ । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिका ५२ लाख जिएसएम मोवाइल टेलिफोनका उपकरण सञ्चालनमा ल्याउने भएको छ । यसअघि टेलिकमले सो प्रविधिका ४८ लाख टेलिफोनका उपकरण खरिद प्रक्रिया पूरा गरी जडान कार्य सुरु गरिसकेको छ । नेपाल टेलिकमद्वारा आयोजित पत्रकार सम्मेलनमा उपभोक्ता वर्गलाई गुणस्तरीय, विश्वसनीय, अत्याधुनिक दूरसञ्चार सेवा सहजरूपमा उपलब्ध गराउन तथा डाटा सेवाको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले उपकरण खरिद गर्न लागेको हो । यसका लागि नेपाल टेलिकमले चीनको हुवा वे कम्पनीसँग हालै खरिद सम्झौता गरेको छ । उक्त उपकरण खरिदका लागि सात करोड ५५ लाख २९ हजार ५९८ अमेरिकी डलर र  तीन अर्ब ४८ करोड ५० लाख ६८ हजार ७४९ नेपाली रूपैयाँ गरी जर्मा नौ अर्ब ४४ करोड रूपैयाँको सम्झौता भएको हो । यस आयोजनाको कार्यान्वयनपश्चात मुलुकभर नेपाल टेलिकमले दूरसञ्चार सेवामा संख्यात्मक विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने एवं मुलुकमा डिजिटल र ब्रोडब्याण्ड डिभाइड सञ्चालनमा न्यूनीकरण हुने विश्वास लिएको छ । सो अवसरमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले यस आयोजनाबाट नागरिकलाई सेवाको विश्वसनीयता दिने प्रयास गरिने, कम्पनीको आर्थिक अवस्था सुदृढ रहेको जानकारी दिँदै यो हालसम्मकै सबैभन्दा ठूलो आयोजना भएको जानकारी दिए । आयोजना दर्ुइ वर्षभत्रमा पूरा गरिने लक्ष्य लिएको टेलिकमले जनाएको छ । 

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु