मालिकले सबैलाई मन्त्रमुग्ध पारिसकेका रहेछन्: किरण’मालिकले सबैलाई मन्त्रमुग्ध पारिसकेका रहेछन्: किरण’

२०६९ फाल्गुन ४ गते, शुक्रबार

काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ले विदेशी शक्तिको इशारामा दलहरु निर्दलीय व्यवस्थामा जान लागेको बताएका छन् । प्रचण्ड बाबुरामले महाधिवेशनबाट फर्मुला ल्याउँछु भन्थे’ ’उनीहरुको फर्मुला त उतापटि्टको पो रहेछ, एमाओवादीको फर्मुला के मान्लान् र भनेको त, मालिकले सबैलाई मन्त्रमुग्ध पारिसकेका रहेछन् ’ उनले भने‘बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउनु भनेको निरंकुशततिर जानु हो, त्यो पनि फासीवादतिर’ विदेशीको इसारामा दलहरु निर्दलीय व्यवस्थामा जान लागेको भन्दै उनले भने-’ठूला भनाउँदा असफल भइसकेका दलहरुले अब हामी निर्दलीय व्यवस्थामा जान्छौं भनेर भन्न सक्नुपर्छ ।’आफूहरुको आन्दोलन खबरदारीका लागि मात्र भएको भन्दै किरण ले दलहरुको कदम हेरेर आगामी कार्यक्रम तय गरिने बताय ।नेकपा-माओवादी पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा-माओवादीसहितका, कमल चौधरी नेतृत्वको नेकपा एकीकृत, मात्रिका यादव र मणि थापा समूहले रेग्मीको नेतृत्वमा सरकार बनाउने प्रस्तावलाई विदेशीको इशारामा अघि सारिएको भन्दै संघर्षमा उत्रने बताएका छन् ।चारदलको संयुक्त वक्तव्यमा भनिएको छ- मुलुकको विद्यमान राजनैतिक संकटको कारक बन्दै आईरहेका तीन राजनैतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरु यतिखेर बाह्य शक्तिकेन्द्रहरुद्वारा निर्देशित प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावमाथि केन्द्रित रहँदै सरकार गठनको पहलमा लागिरहेको घटना प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।

वर्तमान सरकारलाई विस्थापित गरी राजनैतिक दलहरुका बीचबाट राष्ट्रिय संयुक्त सरकारको गठन, राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण र जनजीविकाको सुनिश्चितता गर्नुपर्ने अहिलेको ऐतिहासिक कार्यभार हो ।

परन्तु यतिखेर राष्ट्रिय सार्वभौमसत्ता, नेपालको अन्तरिम संविधान र दलीय प्रतिस्पर्धात्मक प्रणाली विपरीत निर्दलीयता, निरंकुशता र राष्ट्रघातको दिशातर्फ मुलुकलाई लैजान खोजिएको छ । यसकासाथै संसदीय मान्यता अनुरुप पनि शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई एकै ठाउँमा केन्द्रित गर्नेगरी प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने भनिएको छ । उक्त कदम प्रति हाम्रो गम्भीर आपत्ति र विरोध रहेको कुरा सबैमा अवगत गराउन चाहन्छौं ।अतः यस प्रकारको राष्ट्रहित तथा संवैधानिक मूल्य मान्यता विपरीत मुलुकलाई निर्दलीयता र निरंकुशताको दिशातर्फ लैजान खोजिरहेको चार पक्षको यो कदम अविलम्ब रोकियोस् र राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण र जनजीविकाको सुनिश्चितताको प्रश्नलाई केन्द्रविन्दु अग्रगामी राजनैतिक दलहरुका बीचबाट राष्ट्रिय संयुक्त सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस भन्दै सम्बन्धित सबै पक्षसँग हार्दिक आह्वान गर्दछौं । साथै यसप्रकारको राष्ट्रघाती र जनघाती कदम नरोकिँदासम्म निरन्तर आन्दोलनमा सहभागि बनिरहनकालागि हामी सम्पूर्ण देशभक्त, वामपन्थी र गणतन्त्रवादी शक्तिहरुसँग हार्दिक अपिल गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु