वर्तमान संकटको निकास सत्ता बाडफाड होइन — मोहन वैद्य ‘किरण, अध्यक्ष- नेकपा-माओवादी

२०६९ माघ २९ गते, सोमबार

०         पार्टीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको छ, अब जनविद्रोह कहिलेबाट सुरु हुन्छ ?

जनविद्रोहको लागि तयारी गर्नुपर्छ । अहिले नै जनविद्रोह हुन्छ भन्ने होइन । यो हाम्रो सैद्धान्तिक अवधारणा हो । जनविद्रोह हुन समय लाग्छ । त्यसको लागि धैर्य र तयारी गर्नुपर्छ ।

०         जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग अझै बााकी छ र ?

जनयुद्धको जग भनेको त्यसबाट प्राप्त ज्ञान हो । हामीले जनयुद्धको क्रममा जनअदालत, आधार इलाका, जनमुक्ति सेनाको निर्माण गर्‍यौ । जातीय, क्षेत्रीय, लैङ्गकि, दलितहरूमा चेतनाको उच्च विकास भयो । अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरूसाग सम्बन्ध, हजारौाको बलिदान, घाइते, अपाङ्ग, बेपत्ताहरूको त्यागले चेतनाको आधार उच्चरूपमा खडा हुन पुगेको छ । जनयुद्धको आधार भनेको नै त्यसबाट प्राप्त ज्ञान, अनुभव हो । यी सबै चीज हामीसाग छन् । यी चीजहरू नै जनयुद्धका जग हुन् ।

०         प्रचण्डले त अब जनविद्रोह एवं जनयुद्धको औचित्य सकियो, पुाजीवादी क्रान्तिमा लाग्नुपर्छ भन्ने व्यहोराको राजनीतिक प्रस्ताव महाधिवेशनबाट पारित गरेका छन्, यस विषयमा के भन्नुहुन्छ ?

हामीले प्रचण्डहरूलाई नवसंशोधनवादी एवं आत्मसमर्पणवादी भन्दै आएका थियौा । त्यो सत्य उहााहरूको सातौा महाधिवेशनमा आएर शानदार ढङ्गले पुष्टि भएको छ । उहााहरूले क्रान्तिको बाटो छाडी सक्नुभयो ।

०         सीमा विवादको विषयमा जनमत संग्रहमा जानुपर्छ भन्ने प्रचण्डको प्रस्तावमाथि तपाईं के भन्नुहुन्छ ?

यो भारतीय विस्तारवादसाग सम्बन्ध निकट बनाउादै उसको गुलामी गर्ने प्रवृत्तिबाट आएको प्रस्ताव हो । यो नेपाली जनतालाई मान्य हुदैन ।

०         मुलुकका विविध समस्यालाई समाधान गर्न तपाईंहरूको पार्टी कसरी अगाडि बढ्छ ?

जनताका जनजीविकासाग सम्बन्धी विषयलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पार्टीले योजना बनाएको छ । हामी केन्द्रीय समितिले लिएको कार्ययोजनामा अगाडि बढ्छौ । हामी जनतालाई आˆनो हकअधिकारप्रति कटिबद्ध बनाउाछौ, हामी नेपालमा भएको वैदेशिक हस्तक्षेप, सामन्तवादी प्रवृत्ति र चिन्तनको विरोध गर्छौं । जनतामा जागरण पैदा गराएर उनीहरूको अधिकार स्थापित गराएरै छाड्छौा ।

०         पुरानो पार्टी नेतृत्व अवसरवादमा गयो, संशोधनवादमा गयो भनेर तपाईंहरूले सम्बन्ध विच्छेद गर्नुभयो । तर, नेकपा-माओवादीभित्र पनि अवसरवाद र संशोधनवाद अर्थात् प्रचण्ड प्रवृत्ति देखापर्‍यो भन्ने कार्यकर्ताको गुनासो छ नि ?

यो कार्यकर्ताको गुनासो होइन । हाम्रो पार्टीभित्र पनि कमीकमजोरी छन् भन्ने कुरा हामीले स्वीकार्नुपर्छ । पार्टीभित्रका कमीकमजोरलाई हल गर्न हामी कटिबद्ध छौ । योजना बनाएर कमीकमजोरीलाई हल गर्न सकिन्छ । नयाा ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्न हामी कटिबद्ध भएर अगाडि बढ्छौा । हाम्रो महाधिवेशनलाई त्यसले गम्भीर बनाएको थियो । पार्टीलाई कमीकमजोरीबाट बचाएर अगाडि बढाउन हामी कुनै कसर बाकी राख्ने छैनौ ।

०         यतिबेला जनयुद्धकालीन मुद्दा उठाउादैछ, त्यहीअनुसार दैलेखमा विगत केही महिनादेखि तनाव हुादै आएको छ, यस विषयमा के भन्नुहुन्छ ?

जनयुद्धकालीन मुद्दा उठाएर मुलुकलाई गम्भीर अवस्थामा पुर्‍याउने खेल भइरहेको छ । यो खतरनाक विषय हो । यो शान्ति सम्झौताविपरीतको काम हो ।ࣸद्वन्द्वकालीन मुद्दाहरूलाई सत्य निरूपण एवं मेलमिलाप आयोग गठन गरेर अगाडि बढ्ने सम्झौता भएको छ । शान्तिसम्झौता उल्लंघन गर्ने, च्यातचुत पार्ने कोसिस भइरहेको छ । नेपाली जनताप्रति गम्भीर षड्यन्त्रको प्रयास गरिादैछ ।

०         जनयुद्ध लडेकै पार्टीको नेतृत्वको सरकार भएको समयमा यस्ता मुद्दाहरू ब्युातनुलाई के भन्नुहुन्छ ?

सरकारमा भएर पनि यी मुद्दाहरू उठ्नु दुखद् पाटो हो । तर, सरकार र सत्ता फरक विषय हो । सत्ता अझै पनि दलाल नोकरशाह सामन्तीको हातमा छ । प्रचण्ड-बाबुरामजीहरूले गम्भीरतापूर्वक सच्नुभयो भने भयो नत्र उहााहरूलाई पनि पुरानो राज्यसत्ताले छोड्दैन । पुरानो सत्ताको विरुद्ध लड्न प्रचण्ड-बाबुराम सच्चिएर आउनुहुन्छ भने कार्यगत एकता सम्भव छ । प्रचण्ड-बाबुराम रूपान्तरणसहित सच्चिएर आउाछन् भने एकताबद्ध भएर अगाडि जान सकिन्छ । म प्रचण्ड-बाबुरामलाई एकतामा आउन यसै पत्रिकामार्फत् आहृवान गर्दछु ।

०         भनेपछि तपाईं एनेकपा माओवादीलाई तपाईंहरूको पार्टीमा समाहित हुन आह्वान गर्नुहुन्छ ?

समाहित हुने होइन, कार्यगत एकता गर्ने हो । अहिले जसरी पुराना मुद्दाहरू उठाएर माओवादीलाई घेराबन्दी गर्ने काम भएको छ, यस्तो बेलामा कार्यगत एकता हुन जरुरी छ ।

०         जनताको सत्ता स्थापना गर्ने तपाईंहरूको ठोस योजना के छ ?

जनताको सत्ता स्थापना गर्न लामो संघर्षको आवश्यकता पर्छ । हामी जनताको बीचमा गएर योजनामार्फत् संघर्ष गर्छौं । लामो तयारीबिना राज्यसत्ता प्राप्त गर्न सकिादैन । ‘तातै खाउा जलै मरौा’को अवस्थाले केही हुादैन । लामो तयारी एवं योजनाबाट जनताको सत्ता अनिवार्य प्राप्त हुन्छ । हामी त्यसको लागि ठोस योजना बनाएर अगाडि बढ्छौ ।

०         वर्तमान राजनीतिक संकटको निकास राष्ट्रपतिबाट सम्भव देख्नु हुन्छ ?

राष्ट्रपति मात्र होइन, यहाका राजनीतिक दलहरूले पनि केही गर्न सक्दैनन् । वैदेशिक प्रतिक्रियावादी शक्ति विशेषतः भारतीय विस्तारवादको हस्तक्षेप ज्यादा छ । त्यसकारण भारतले चाहृयो भने यहा छिनभरमा निकास निस्कन्छ । भारतले चाहेन भने राजनीतिक निकास निस्कन सक्दैन । काग्रेस, एमाले जति उप|े पनि उनीहरूले केही गर्दैनन । वर्तमान संकटको निकास प्रभुको निगाह कतापट्ट हुन्छ, त्यसैमा राजनीतिक निकास भर पर्छ । वर्तमान संकटको निकाससत्ता बाडफाड होइन । तर, उनीहरू त्यही सत्ता बाडफाडलाई निकास भनिरहेका छन् । देश र जनताले चाहेको निकास त्यस्तो होइन ।

०         तपाईंहरूले राजनीतिक निकासको लागि गोलमेच सभाको मुद्दा उठाउनुभएको थियो, त्यस विषयमा अहिले के भइरहेको छ ?

गोलमेच सभाको विषयमा हाम्रो प्रचारात्मक अभियान भइरहेको छ । त्यसलाई कार्यान्वयनको प्रक्रियामा लैजान अझै केही समय कुर्नुपर्छ । दलहरूबीच गोलमेचसभामा सहमति कायम हुन सकेन भने हामी राज्य राज्यमा गएर गोलमेच सभाको आयोजना गर्छौं । जनताको माझमा गएर गोलमेच सभा गर्छौं । त्यसपछि जनताबीच अर्थात् सडकबाट नै संविधान घोषणा गर्छौं । त्यसमा हामीलाई कसैले रोक्न सक्दैन ।

०         अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

अहिले प्रतिक्रियावादीहरूले नेपाली जनताको विरुद्ध ठूला षड्यन्त्र गर्दै छन् । पुराना मुद्दाहरू मिलाएर माओवादीलाई दमन गर्न चाहिरहेका छन् । हामीले त्यसको विरुद्ध फागुन ८ गते नेपाल बन्दको आह्वान गरेका छौ । जनयुद्धकालीन मुद्दा खारेजी गर्नको लागि मुख्य गरी यो बन्द आहृवान गरिएको हो । बन्दलाई शानदार ढङ्गले सफल पार्नको लागि आमजनसमुदायहरूलाई विशेष अनुरोध गर्दछु ।

प्रतिक्रियाहरु